२०८३ आश्विन २९ बिहीबार
Search
२०८३ आश्विन २९ बिहीबार

गण्डकी र लुम्बिनीमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडाै‌ । मौसम पूर्वानुमान महाशाखाले आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। एक–दुई स्थानमा भने अति भारी वर्षा समेत हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

महाशाखाका अनुसार मधेश प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। कर्णाली प्रदेशका केही स्थानमा समेत भारी वर्षा हुन सक्ने जनाइएको छ। देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भू–भाग आसपास रहेको छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै डीप डिप्रेसन (बलियो न्यून चापीय क्षेत्र) मा परिणत भई पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस मौसम प्रणालीको प्रभावका कारण बुधबारदेखि कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने अनुमान गरिएको छ।

सम्भावित भारी वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने महाशाखाले जनाएको छ। शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहनुका साथै ठूला तथा साना नदी, नाला र खोलामा पानीको सतह बढ्न सक्ने सम्भावना छ।

वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने तथा नदी आसपास भइरहेका निर्माण कार्यमा समेत असर पर्न सक्ने भएकाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन महाशाखाले आग्रह गरेको छ।

यस्तै, केही स्थानबाट धानबाली भित्र्याउने समयबारे मौसमसम्बन्धी जानकारी माग भइरहेको भन्दै महाशाखाले सम्बन्धित कृषि विज्ञको सल्लाहअनुसार आवश्यक कार्य गर्न अनुरोध गरेको छ।

मौसम प्रणालीको प्रभावका कारण देशका हिमाली भू–भागमा भारी हिमपात समेत हुन सक्ने भएकाले पर्वतारोही तथा हिमाली क्षेत्रमा रहेका सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।