२०८३ भाद्र २९ सोमबार
Search
२०८३ भाद्र २९ सोमबार

ऊटीमा प्रवासी सुदूरपश्चिमेली तीज विशेष कार्यक्रम आयोजना हुँदै

“आउनुहोस्, परदेशमा पनि आफ्नो संस्कृति जोगाऔँ, एकता बढाऔँ र तीजलाई भव्य रूपमा मनाऔँ।”

ऊटी, भारत। प्रवासमा नेपाली भाषा, संस्कृति, परम्परा र आपसी एकतालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले भारतको ऊटीमा ‘प्रवासी सुदूरपश्चिमेली तीज विशेष कार्यक्रम’ आयोजना हुने भएको छ।

आयोजकका अनुसार कार्यक्रम आगामी १४ सेप्टेम्बर २०२६ मा ऊटीस्थित श्रीनिवास वरुमन तिरुमण मण्डपम्, महेन्द्र शोरूम नजिक, एटीसी रोड, ऊटीमा आयोजना हुनेछ। कार्यक्रममा सहभागी हुन कुनै प्रवेश शुल्क नलाग्ने जनाइएको छ।

ऊटीमा रहेका नेपाली तथा सुदूरपश्चिमेली समुदायलाई लक्षित गरी आयोजना गर्न लागिएको कार्यक्रममा तीजका मौलिक गीत–संगीत, नृत्य, देउडा तथा सुदूरपश्चिमको कला र संस्कृतिसँग सम्बन्धित विभिन्न सांस्कृतिक प्रस्तुतिहरू रहने आयोजकले जनाएको छ।

परदेशमा रहे पनि आफ्नो मौलिक भाषा, भेषभूषा, संस्कार र संस्कृतिलाई जीवन्त राख्दै नेपाली समुदायबीच आपसी भाइचारा, सद्भाव र एकतालाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।

कार्यक्रमका आयोजक तथा सञ्चालक योगेन्द्र रानाले ऊटीमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमाबुबा तथा सुदूरपश्चिमेली समुदायलाई कार्यक्रममा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेका छन्।

त्यसैगरी, कार्यक्रमको सूचना फेसबुक, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमार्फत व्यापक रूपमा शेयर गरी धेरैभन्दा धेरै नेपाली समुदायसम्म पुर्‍याउन आयोजकले आग्रह गरेको छ। कार्यक्रमसम्बन्धी थप जानकारी तथा सम्पर्कका लागि 7200763324, 9443247518  र 6382391479  मा सम्पर्क गर्न सकिनेछ।

आयोजकले प्रवासमा पनि नेपाली संस्कृति, परम्परा र एकताको संरक्षण गर्दै तीज पर्वलाई भव्य रूपमा मनाउन सबै नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।

 

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।