२०८३ कार्तिक १४ शनिबार
Search
२०८३ कार्तिक १४ शनिबार

हङकङसँग नेपालले टस हारेर बलिङ गर्दै

काठमाडौं । एसिसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग टस हारेर बलिङ गर्ने भएको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको हो।

जारी प्रतियोगितामा नेपाल लगातार तीन जित दर्ता गर्दै एक खेल अगावै सेमीफाइनल प्रवेश गरिसकेको छ। समूह ए अन्तर्गत मलेसिया, हङकङ, साउदी अरेबिया र बहराइन रहेको टोलीमा नेपाल रहेको छ जसमा तिनमा तीन खेल दर्ता गर्दै नेपाल समूह विजेता भइसकेको छ। 

हङकङ र मलेसिया समान ४/४ अङ्क लिएर लगातार दोस्रो र तेस्रो स्थानमा रहेका छन्। हङकङले यसअघि सुपर ओभरमा मलेसियालाई पराजित गरेको थियो। त्यसैगरी हङकङले साउदी अरेबियालाई पराजित गरेको थियो भने बहराइनसँग ३२ रनले पराजित भएको थियो। आजको यो खेलमा नेपाललाई पराजित गर्न सकेमा हङकङ सेमिफाइनल प्रवेश गर्नेछ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई ७ विकेटले, दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले र तेस्रो खेलमा नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।