काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ७ सय रुपैयाँ कायम भएको छ।
बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको हो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १५ रुपैयाँले बढेर ४ हजार ४०५ रुपैयाँ पुगेको छ।



महासंघले सार्वजनिक गरेको मूल्यअनुसार शुक्रबार सुन र चाँदी दुवैको भाउ उकालो लागेको हो।

















