काठमाडौं । बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि त्रिभुवन विश्वविद्यालयले ९ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।
विश्वविद्यालयले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ।






















