काठमाडौं । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल अघि बढाएको छ। विभिन्न राजनीतिक दलका प्रमुख नेताहरू निर्वाचनसम्बन्धी विषयमा धारणा राख्न आयोग पुगेका छन्।
छलफलका लागि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू निर्वाचन आयोग पुगेका हुन्।
आयोगमा आयोजित छलफलमा स्थानीय तह निर्वाचनको तयारी, निर्वाचन प्रक्रियासँग जोडिएका कानुनी तथा प्राविधिक पक्ष र निर्वाचनलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा दलहरूको सुझाव लिने बताइएको छ।



निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र विश्वसनीय बनाउन राजनीतिक दलहरूसँग आवश्यक समन्वय र सहकार्य कायम गर्ने उद्देश्यले आयोगले छलफल आयोजना गरेको हो।









