२०८३ भाद्र २९ सोमबार
Search
२०८३ भाद्र २९ सोमबार

रसुवाको भोटेकोशी बाढीपीडितका लागि नेपाल टेलिकम कर्मचारीद्वारा दुई करोडभन्दा बढी सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल टेलिकमका सम्पूर्ण कर्मचारीहरूले दुई करोडभन्दा बढी रकम सहयोग गरेका छन्।

नेपाल टेलिकमका कर्मचारीहरूको तर्फबाट संकलित रु. २,०२,२६,०६६ (दुई करोड दुई लाख छब्बिस हजार छैसठ्ठी रुपैयाँ) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

आज भदौ २२ गते नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले उक्त रकम माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभयो।

बाढीका कारण प्रभावित नागरिकको तत्कालीन राहत, उद्धार तथा आगामी पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले कर्मचारीहरूबाट उक्त रकम प्रदान गरिएको नेपाल टेलिकमले जनाएको छ।

नेपाल टेलिकमले संस्थागत रूपमा समेत केही दिनभित्रै थप सहयोग गर्ने जनाएको छ। कम्पनीले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग पुर्‍याउन आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत थप सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।