२०८३ आश्विन २० मंगलवार
Search
२०८३ आश्विन २० मंगलवार

कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारी शुल्क ५०० देखि ४० हजारसम्म

काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनअन्तर्गत वडा तहदेखि केन्द्रीय तहसम्म हुने विभिन्न निर्वाचनमा उम्मेदवारी दर्ता गराउने उम्मेदवारका लागि शुल्क निर्धारण गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले जारी गरेको ‘१५औँ महाधिवेशन निर्वाचन निर्देशिका, २०८३’ को अनुसूची–२१ मा विभिन्न पदका लागि उम्मेदवारी शुल्क तोकिएको हो।

निर्देशिकाअनुसार सबैभन्दा कम वडा कार्यसमिति सदस्य तथा क्षेत्रीय प्रतिनिधिका लागि ५०० रुपैयाँ शुल्क तोकिएको छ भने सबैभन्दा बढी केन्द्रीय सभापति पदका लागि ४० हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ।

वडा कार्यसमितिको सभापतिका लागि १ हजार, उपसभापति, सचिव तथा सहसचिवका लागि ७ सय र सदस्यका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको छ।

त्यस्तै, गाउँपालिका कार्यसमितिको सभापतिका लागि ५ हजार, उपसभापति तथा सचिवका लागि २ हजार, सहसचिवका लागि १ हजार ५ सय र सदस्यका लागि १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। नगरपालिकामा सभापतिका लागि ५ हजार, उपसभापति तथा सचिवका लागि ३ हजार, सहसचिवका लागि २ हजार र सदस्यका लागि १ हजार रुपैयाँ तोकिएको छ।

उपमहानगरपालिका तथा महानगरपालिका कार्यसमितिको सभापतिका लागि ७ हजार, उपसभापति तथा सचिवका लागि ४ हजार, सहसचिवका लागि ३ हजार र सदस्यका लागि २ हजार रुपैयाँ उम्मेदवारी शुल्क कायम गरिएको छ।

प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापतिका लागि ७ हजार, उपसभापति तथा सचिवका लागि ४ हजार, सहसचिवका लागि ३ हजार र सदस्यका लागि २ हजार रुपैयाँ शुल्क तोकिएको छ। प्रदेश अधिवेशन प्रतिनिधिका लागि भने ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापतिका लागि १० हजार, उपसभापति तथा सचिवका लागि ५ हजार, सहसचिवका लागि ४ हजार र सदस्यका लागि २ हजार रुपैयाँ शुल्क तोकिएको छ। केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ७ हजार तथा महासमिति सदस्यका लागि ५ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ।

जिल्ला कार्यसमितिको सभापतिका लागि १५ हजार, उपसभापति तथा सचिवका लागि ७ हजार, सहसचिवका लागि ६ हजार र सदस्यका लागि ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

प्रदेश कार्यसमितिको सभापतिका लागि २० हजार, उपसभापति तथा महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्रीका लागि १० हजार र सदस्यका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ।

यसैगरी, केन्द्रीय कार्यसमितिको सभापतिका लागि ४० हजार, उपसभापति तथा महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ।

कांग्रेसले १५औँ महाधिवेशन आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।