२०८३ आश्विन २० मंगलवार
Search
२०८३ आश्विन २० मंगलवार

कांग्रेसको १५औँ महाधिवेशन दुई दिनपछि सर्‍यो, असोज १८ गते उद्घाटन

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह दुई दिनपछि सरेको छ।

यसअघि तय भएको मितिमा देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेकाले महाधिवेशन उद्घाटन समारोहको मिति सारिएको कांग्रेसले जनाएको छ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिअनुसार १५औँ महाधिवेशनको उद्घाटन समारोह अब २०८३ असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुनेछ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइरहेका छन्।

भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति तथा पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएकाले सोही परिस्थितिलाई मध्यनजर गर्दै उद्घाटन समारोहको मिति परिवर्तन गरिएको कांग्रेसले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।