२०८३ आश्विन २० मंगलवार
Search
२०८३ आश्विन २० मंगलवार

दुबई–पोखरा–दुबई नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार Flydubai ले आगामी २३ सेप्टेम्बर २०२६ (२०८३ असोज ७ गते) देखि दुबई–पोखरा–दुबई रुटमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने गरी उडान तालिका स्वीकृत भएको छ।

स्वीकृत उडान तालिकाअनुसार दुबईबाट प्रस्थान गरेको Flydubai को Flight No. FZ1165/2266 Boeing 737 NG (Max8/Max9) विमान नेपाली समयअनुसार साँझ ६:१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

त्यसैगरी, सोही विमान साँझ ७:१५ बजे यात्रुसहित पोखराबाट दुबईका लागि प्रस्थान गर्ने जनाइएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन थालेसँगै पोखरा र अन्तर्राष्ट्रिय गन्तव्यबीचको हवाई सम्पर्क थप विस्तार हुने अपेक्षा गरिएको छ। विशेषगरी वैदेशिक रोजगारी, पर्यटन तथा व्यवसायका लागि दुबई आवतजावत गर्ने यात्रुहरूलाई यसबाट प्रत्यक्ष लाभ पुग्ने देखिन्छ।

नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले उक्त उडान सञ्चालन सम्बन्धमा सम्बन्धित निकायलाई जानकारी गराएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।