२०८३ आश्विन २० मंगलवार
Search
२०८३ आश्विन २० मंगलवार

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ३१ ढोका खुला

सुनसरी। सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि कोशी ब्यारेजमा उच्च सतर्कता अपनाइएको छ। पछिल्लो मापनअनुसार सप्तकोशीमा पानीको बहाव करिब २ लाख ४० हजार ५ सय ५५ क्युसेक प्रतिसेकेन्ड पुगेको छ।

पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये ३१ वटा ढोका खोलिएका छन्। ब्यारेजमा पानीको सतह र बहाव निरन्तर बढिरहेको अवस्थामा थप ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने सम्बन्धित अधिकारीहरूले बताएका छन्।

ब्यारेज क्षेत्रमा रातो बत्ती (रेड अलर्ट) समेत जारी गरिएको छ। नदीमा पानीको बहाव उच्च रहेकाले कोशी नदीको तल्लो तटीय तथा बाढी प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

शुक्रबार दिउँसो १ बजेसम्म सप्तकोशीमा पानीको बहाव २ लाख २९ हजार ९ सय ६० क्युसेक रहेको थियो। त्यसबेला ब्यारेजका ३० वटा ढोका खोलिएका थिए। केही समयमै बहाव बढेर २ लाख ४० हजार क्युसेकभन्दा माथि पुगेपछि थप एउटा ढोका खोलिएको हो।

पछिल्लो विवरणअनुसार कोशी ब्यारेजमाथिको पुलमा सवारी आवागमन भने सञ्चालनमै रहेको छ। यद्यपि पानीको बहाव अझ बढेमा परिस्थितिको मूल्यांकन गरी आवश्यक निर्णय लिइने बताइएको छ।

जल तथा मौसमसम्बन्धी निकायले समेत कोशीसहित विभिन्न नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भन्दै तटीय क्षेत्रमा रहेका नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ।

सम्बन्धित निकायले नदीको बहाव निरन्तर निगरानी गरिरहेको जनाएको छ। पानीको बहाव थप बढेमा कोशी नदी आसपासका तल्लो तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।