२०८३ कार्तिक १५ आईतवार
Search
२०८३ कार्तिक १५ आईतवार

सिद्धार्थ राजमार्गको माथिल्लो सिद्धबाबा नजिकै कारमाथि ढुंगा खस्दा दुई जना घाइते

 
पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित माथिल्लो सिद्धबाबा मन्दिर (झरना) नजिकै सडक माथिबाट खसेको ढुङ्गाले कारलाई थिच्दा दुई जना घाइते भएका छन्।
 
घाइते हुनेमा रूपन्देहीको बुटवल उपमहानगरपालिका–७ दीपनगर बस्ने ३७ वर्षीया जुलन गैरे र बुटवलकै जेसिज चोक बस्ने ६२ वर्षीया राधिका ढकाल रहेका छन्। दुवै घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
 
घाइतेलाई उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ। मंगलबार साझ करिब साढे ६ बजेतिर पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको बा २० च ३९९९ नम्बरको कारमाथि अचानक ठूलो ढुङ्गा खसेको थियो ।
 
ढुङ्गाको ठक्करबाट कार पूर्ण रूपमा क्षति भएको छ। तीन जना सवार रहेको उक्त कारका चालक रूपन्देहीको शुद्धोधन गाउँपालिका–२ कोलुवा बस्ने ३६ वर्षका राज कुमार लोध भने सकुशल रहेका छन्।
 
घटनाबारे थप विवरण आउन बाँकी रहेको पाल्पा प्रहरीका सूचना अधिकारी भीमलाल भट्टराइले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।