२०८३ भाद्र २९ सोमबार
Search
२०८३ भाद्र २९ सोमबार

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा करिब १२ अर्ब रुपैयाँ मौज्दात

काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा करिब १२ अर्ब रुपैयाँ मौज्दात रहेको पाइएको छ। अर्थ मन्त्रालयका अनुसार कोषका विभिन्न ९ वटा खातामा ८ अर्ब ७६ करोड ६९ लाख रुपैयाँ तथा २ वटा डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर मौज्दात रहेको छ।

डलरमा रहेको रकमलाई प्रतिडलर १५० रुपैयाँ ८८ पैसाका दरले नेपाली रुपैयाँमा रूपान्तरण गर्दा कोषमा उपलब्ध कुल मौज्दात ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ पुगेको मन्त्रालयले जनाएको छ।

रसुवा-भोटेकोशी बाढीपछि कोषमा ७ अर्ब ६८ करोड ४४ लाख रुपैयाँ र २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर संकलन भएको छ। उक्त रकम विपद् आउनुअघिको २ अर्ब ८ करोड २४ लाख रुपैयाँ मौज्दात बाहेकको हो।

मन्त्रालयका अनुसार भदौ २३ गते मात्रै राहत कोषमा ३० करोड ६२ लाख रुपैयाँ र १ लाख १२ हजार ३२ अमेरिकी डलर प्राप्त भएको थियो।

यसैबीच, विपद्मा राहत तथा उद्धार कार्य सञ्चालनका लागि भदौ १६ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब रुपैयाँ हस्तान्तरण गरिएको छ।

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।