२०८३ भाद्र २९ सोमबार
Search
२०८३ भाद्र २९ सोमबार

रुपन्देहीको मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको भैरहवास्थित मालपोत कार्यालयका तत्कालीन कर्मचारीसहित पाँच जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार भूमि सम्बन्धी ऐन, २०२१ लागू हुनुअघि सुर्जा मिश्राइनको जोतभोगमा रहेको रुपन्देहीको साविक भुजौली गाउँ पञ्चायत वडा नं. ९(ख) अन्तर्गतका विभिन्न कित्ता जग्गा हदबन्दीका कारण कालीजी मन्दिरलाई दान दिइएको थियो।

अनुसन्धानका क्रममा ती जग्गा हदबन्दीका कारण सरकारको स्वामित्वमा पुगिसकेको अवस्थामा समेत कानुनी प्रक्रिया पूरा नगरी व्यक्ति विशेषको नाममा दर्ता गरिएको आरोप अख्तियारले लगाएको छ। उक्त जग्गा पर्वतराज कान्त मिश्रको नाममा दर्ता गरी पछि नागरिक उड्डयन प्राधिकरणको नाममा नामसारी गरिएको तथा त्यसबापत प्राप्त हुने सरकारी मुआब्जासमेत लिने–दिने व्यवस्था मिलाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

अख्तियारले मालपोत कार्यालय, भैरहवा रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, तत्कालीन नायव सुब्बा लक्ष्मण प्रसाद न्यौपाने, अजित कुमार साहनी (चाई), तत्कालीन खरिदार मेघ बहादुर भुजेल मगर तथा जग्गाधनी पर्वतराज कान्त मिश्र विरुद्ध मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध रु. ४ करोड ५३ लाख ४१ हजार ८ सय रुपैयाँ बिगो कायम गरिएको छ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद, बिगोबमोजिम जरिवाना तथा बिगो असुल उपरको मागदाबी गरेको जनाएको छ। जग्गाधनी मिश्रलाई गैरकानुनी लाभ प्राप्त गर्ने मतियारको रूपमा मुख्य कसुरदारसरह सजाय गर्न र सम्बन्धित जग्गा जफत गर्नसमेत मागदाबी गरिएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उक्त मुद्दाको आरोपपत्र आज विशेष अदालत, काठमाडौंमा दायर गरिएको हो।

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।