२०८३ कार्तिक १ शनिबार
Search
२०८३ कार्तिक १ शनिबार

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा निरन्तर

काठमाडौं । बाढी प्रभावित क्षेत्रका नेपाल टेलिकमका सेवाग्राहीका लागि उपलब्ध गराइएको निःशुल्क सञ्चार सेवा अर्को सूचना/व्यवस्था नआएसम्म निरन्तर रहने भएको छ।

नेपाल टेलिकमका अनुसार प्रभावित क्षेत्रका सेवाग्राहीले प्रतिदिन असीमित Voice Call, 2 GB Data र ५० वटा SMS निःशुल्क प्रयोग गर्न सक्नेछन्।

टेलिकमले विपद्को समयमा आवश्यक सम्पर्क तथा सूचना आदानप्रदान सहज बनाउन उक्त सुविधा उपलब्ध गराइएको जनाएको छ। सेवाग्राहीलाई आवश्यकताअनुसार मात्र निःशुल्क सेवा प्रयोग गर्न तथा आवश्यक सम्पर्कलाई प्राथमिकता दिन अनुरोध गरिएको छ।

त्यस्तै, विपद्का बेला आधिकारिक सूचनामात्र विश्वास गर्न नेपाल टेलिकमले आग्रह गरेको छ।

आपतकालीन तथा आवश्यक सहयोगका लागि १२३४ | १०० | १११४ मा सम्पर्क गर्न सकिने समेत टेलिकमले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।