२०८३ कार्तिक १४ शनिबार
Search
२०८३ कार्तिक १४ शनिबार

नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण अवधि पुन: थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक (नवीकरण) गर्ने अवधि पुनः थप गरेको छ। पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा सम्पन्न सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो।

पार्टीका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरबाट प्राप्त सुझाव तथा मागलाई ध्यानमा राख्दै क्रियाशील सदस्यता अध्यावधिक गर्ने अन्तिम म्याद २०८३ साल जेठ २८ गते राति १२:०० बजेसम्म कायम गर्ने निर्णय गरेको जनाएको छ।

नेपाली कांग्रेसले पछिल्ला दिनहरूमा सदस्यता अध्यावधिकको कार्य देशभर उत्साहजनक रूपमा अघि बढिरहेको उल्लेख गर्दै विभिन्न तहबाट थप समय आवश्यक रहेको जानकारी प्राप्त भएपछि अवधि थप गरिएको स्पष्ट पारेको छ।

समितिले निर्धारित समयभित्र अनिवार्य रूपमा आफ्नो क्रियाशील सदस्यता अध्यावधिक गर्न सम्पूर्ण सम्बन्धित सदस्य तथा कार्यकर्तालाई आग्रह गरेको छ।

यस निर्णयसँगै सदस्यता नवीकरण गर्न बाँकी रहेका कार्यकर्ताहरूलाई आवश्यक प्रक्रिया पूरा गर्न थप अवसर प्राप्त भएको नेपाली कांग्रेसले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।