
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेकको बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किएका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन्।
बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) अन्तर्गत आयोजना हुने बैठकमा सहभागी हुन गुरुङ भारत जान लागेका हुन्।
बैठकमा नेपालसहित सात सदस्य राष्ट्रका गृहमन्त्री सहभागी हुनेछन्। बैठकमा बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री पनि सहभागी हुने कार्यक्रम छ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अधिकारीहरूलाई कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् ।
प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नैतिकता, निष्ठा, इमानदारी र अनुशासन प्रहरी सेवाका महत्त्वपूर्ण आधार भएको बताएका छन् ।
उनले संविधान, प्रचलित कानुन, नियम र कार्यविधिको पालना गर्दै जिम्मेवारीप्रति जवाफदेही हुन प्रहरी अधिकारीहरूलाई आग्रह गरेका छन्। शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र सङ्कटका बेला नागरिकको जिउधनको रक्षा गर्ने जिम्मेवारी नेपाल प्रहरीको रहेको उनले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शाहले व्यक्तिगत स्वार्थमा नलाग्न र सङ्गठनको मर्यादाविपरीतका गतिविधिमा संलग्न नहुन पनि प्रहरी निरीक्षकहरूलाई निर्देशन दिएका छन्। प्रहरीले भेदभावरहित ढङ्गले काम गर्दै आम नागरिकले अनुभूति गर्ने गरी सेवा दिनुपर्ने उनको भनाइ छ ।
उनले बदलिँदो समयसँगै अपराधका स्वरूप र प्रवृत्ति परिवर्तन भइरहेकाले निष्पक्ष, वैज्ञानिक र प्रमाणमा आधारित अनुसन्धानका लागि सूचना प्रविधिको सही उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । यस्तो अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि उनले बताएका छन् ।
१६ महिने आधारभूत तालिम पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै प्रधानमन्त्री शाहले सफल कार्यकालको शुभकामना दिएका छन् । उनले तालिमका क्रममा सहयोग गर्ने अभिभावक, परिवारजन र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानप्रति पनि आभार व्यक्त गरेका छन् ।
काठमाडौं । एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरुलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा विशेष छुटको सुविधा उपलब्ध गराउने भएको छ। यसअन्तर्गत टेलिभिजन, फ्रिज तथा वासिङ मेसिनलगायतका उपकरणहरुको खरिदमा ग्राहकले अब अतिरिक्त छुट समेत पाउछन्।
नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म आफ्नो खर्च बचत गर्न सक्नेछन्। ग्राहकले प्राप्त गर्ने अतिरिक्त छुट ५ प्रतिशत, ८ प्रतिशत वा १२ प्रतिशत उनीहरुले लिएको प्याक वा रेन्टल प्याकमा निर्भर हुन्छ।
एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदा र सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङको उपस्थितिमा उक्त सहकार्यलाई औपचारिक रूप दिइएको छ । यस सहकार्यले ग्राहकलाई थप लाभ प्रदान गर्ने र सेवा अनुभवलाई अझ उत्कृष्ट बनाउने दुवै कम्पनीहरुले साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ ।

यो अफर असोज २२ देखि कार्तिक ३० सम्म लागू हुनेछ । यस अवधिमा दसैँ, तिहार र छठलगायतका प्रमुख चाडपर्व रहेका छन्। ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ सेक्सनमा गएर आफ्नो योग्यता जाँच गरी नेपालभरिका सहभागी सामसङका आधिकारिक बिक्री केन्द्रहरूमा गई यो सुविधा लिन सक्नेछन्।
“एनसेलमा हामीले सधैँ कनेक्टिभिटी सेवामा मात्र सीमित नभई ग्राहकलाई थप मूल्य र लाभ प्रदान गर्ने लक्ष्य राख्दै आएका छौँ। यसै प्रतिबद्धतालाई निरन्तरता दिँदै यस चाडपर्वको अवसरमा सामसङसँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौँ। यस सहकार्यबाट हाम्रा ग्राहकले विश्वासिलो ब्रान्डका घरायसी विद्युतीय उपकरण खरिद गर्दा अतिरिक्त छुटको लाभ लिन सक्छन् । यसले चाडपर्वको खुसीलाई अझ बढाउनुका साथै ग्राहकलाई खुसी साट्दै चाडपर्व मनाउन थप उत्साह प्रदान गर्नेे विश्वास लिएका छौं ।,” यस सहकार्यबारे आफ्नो धारणा व्यक्त गर्दै एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदाले भने ।
यस सहकार्यले एनसेलको देशव्यापी ग्राहक पहुँच तथा डिजिटल प्लेटफर्मलाई सामसङका उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादन र आधिकारिक बिक्री सञ्जालसँग जोडेको छ। यसले ग्राहक तथा उपभोक्ता अनुभवलाई थप सहज तथा लाभदायी बनाउने उद्देश्य राखेको छ ।
यो अतिरिक्त छुट प्राप्त गर्न योग्य ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ सेक्सनमा गई आफ्नो योग्यता जाँच गर्नुपर्नेछ । त्यसपश्चात्, नेपालभरिका रहेका कुनै पनि सामसङका आधिकारिक बिक्री केन्द्रमध्ये आफूलाई पायक पर्ने केन्द्रमा गई छुट लिन सकिन्छ।




