२०८३ आश्विन २० मंगलवार
Search
२०८३ आश्विन २० मंगलवार

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO) र हिमालयन बुलियन कम्पनी लिमिटेडबीच ग्राहक तथा सदस्यहरूलाई थप वित्तीय सुरक्षा प्रदान गर्ने उद्देश्यले दुर्घटना बीमा सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौताअनुसार हिमालयन बुलियनको सदस्यता योजनामा आबद्ध योग्य ग्राहकहरूले आफ्नो सदस्यताको स्तरअनुसार SALICO को दुर्घटना बीमा सुविधा प्राप्त गर्नेछन्।

उक्त योजनामा संलग्न हुने Silver Membership का ग्राहकले रु. १ लाखसम्म, Gold Membership का ग्राहकले रु. ५ लाखसम्म र Diamond Membership का ग्राहकले रु. १० लाखसम्मको दुर्घटना बीमा सुविधा प्राप्त गर्नेछन्।

उक्त बीमा सुविधा आगामी वडादसैंको घटस्थापनादेखि लागू हुने जनाइएको छ। आकस्मिक दुर्घटनाबाट उत्पन्न हुन सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्दै हिमालयन बुलियनका ग्राहक तथा सदस्यलाई यस प्रकारको सुरक्षा प्रदान गर्ने उद्देश्यले यो सहकार्य गरिएको हो।
यस सहकार्यअन्तर्गत उपलब्ध बीमा सुविधामा दुर्घटनाका कारण हुने मृत्यु तथा स्थायी वा अस्थायी अशक्तता र दुर्घटनाजन्य उपचार खर्चसम्बन्धी कभर सदस्यताको योजनामा उल्लेख भएअनुसार उपलब्ध हुनेछ।

ग्राहकलाई सेवा र सुरक्षालाई एकसाथ जोड्ने उद्देश्यले गरिएको यस सहकार्यले हिमालयन बुलियनका सदस्यहरूलाई आफ्नो सदस्यता योजनासँगै अतिरिक्त सुरक्षा सुविधा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ।

सलिको ले ग्राहकको बदलिँदो आवश्यकता र जोखिमलाई सम्बोधन गर्दै बीमा पहुँच विस्तार तथा विभिन्न क्षेत्रका संस्थासँगको सहकार्यमार्फत थप प्रभावकारी बीमा सुरक्षा उपलब्ध गराउँदै आएको छ।

काठमाडौं । नेपाल टेलिकमले यात्रु तथा घुमफिर गर्ने ग्राहकलाई लक्षित गर्दै नयाँ ‘घुमन्ते डेटा प्याक’ सार्वजनिक गरेको छ। कम्पनीले सस्तो मूल्यमा बढी डेटा उपलब्ध गराउने उद्देश्यसहित उक्त प्याक ल्याएको जनाएको छ।

नेपाल टेलिकमका अनुसार यो प्याक अन्तर्गत ग्राहकले ७ दिनका लागि २० जीबी डेटा मात्र १९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन्। विशेषगरी घुमफिर, ट्रेकिङ तथा बाहिरी गतिविधिमा सक्रिय प्रयोगकर्तालाई लक्षित गरी यो सेवा ल्याइएको हो।

कम्पनीले ‘जहाँ जानुहोस्, घुमन्तेसँगै कनेक्टेड रहनुहोस्’ भन्ने सन्देशसहित यो प्याक प्रवर्द्धन गरिरहेको छ। इन्टरनेटको आवश्यकता बढ्दै गएको वर्तमान समयमा यस्तो अफरले प्रयोगकर्तालाई सहजता प्रदान गर्ने विश्वास गरिएको छ।

उक्त डेटा प्याक ग्राहकले आफ्नो मोबाइलबाट *1415*5# डायल गरेर सक्रिय गर्न सक्नेछन्। साथै, नेपाल टेलिकमको आधिकारिक NT App मार्फत पनि सजिलै सब्सक्राइब गर्न सकिने व्यवस्था गरिएको छ।

नेपाल टेलिकमले समयानुकूल विभिन्न डेटा प्याक ल्याउँदै आएको छ र यो ‘घुमन्ते डेटा प्याक’ पनि ग्राहकको आवश्यकता अनुसार उपयोगी हुने अपेक्षा गरिएको छ।

काठमाडौँ। एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य गर्दै आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिद गर्ने ग्राहकका लागि विशेष बन्डल प्याकेज सार्वजनिक गरेको छ।

यो अफर एनसेल प्रयोगकर्ता वा एनसेल सिम लिने नयाँ ग्राहकका लागि उपलब्ध हुने छ। आइफोनका नयाँ मोडल खरिद गर्ने ग्राहकले असीमित डाटा, असीमित लोकल कल, दैनिक १५० वटा निःशुल्क एसएमएस र प्रिमियम कन्टेन्ट हेर्न सकिने ओटीटी प्लेटफर्म लायन्सगेटको सब्सक्रीप्सन प्राप्त गर्नेछन्।

योजना अनुसार आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्सका प्रथम २०० जना खरिदकर्ताले माथि यी सुविधा तीन महिनासम्म निःशुल्क पाउने छन्। त्यसैगरी आइफोन डुओका पहिलो १०० जना खरिदकर्ताले सोही सुविधा छ महिनासम्म अतिरिक्त शुल्कबिना नै उपभोग गर्न पाउने छन्।

 “जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको साझेदारीमा आइफोनका नयाँ मोडल खरिद गर्ने ग्राहकलाई यो विशेष अफर उपलब्ध गराउन पाउँदा हामी हर्सित छौँ। व्यवहारिक मूल्य र डिजिटल जीवनशैलीलाई बल दिने एनसेलको प्रतिबद्धता अनुरूप यो योजनाले देशैभर रहेका हाम्रा प्रयोगकर्तालाई जहाँसुकै भरपर्दो कनेक्टिभिटी उपलब्ध गराउनेछ,’’ एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।