२०८३ आश्विन २० मंगलवार
Search
२०८३ आश्विन २० मंगलवार

काठमाडौं । बाइटडान्सका संस्थापक झाङ यिमिङ एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन्। ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार उनको कुल सम्पत्ति १०५ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ।

सम्पत्तिमा भएको वृद्धिसँगै उनले भारतीय उद्योगपति गौतम अडानीलाई पछि पारेका हुन्। झाङको सम्पत्ति सेप्टेम्बरमै १२ अर्ब डलरभन्दा बढी बढेको ब्लूमबर्गले जनाएको छ।

टिकटकको स्वामित्व रहेको बाइटडान्सले पछिल्लो समय कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा समेत लगानी विस्तार गरिरहेको छ। कम्पनीका डोउबाओ च्याटबट र सिडान्सजस्ता एआई उपकरणले पनि कम्पनीको मूल्यांकन बढाउन योगदान गरेको बताइएको छ।

सन् २०१९ मा करिब १३ अर्ब डलर रहेको झाङको सम्पत्ति अहिले आठ गुणाभन्दा बढी बढेको छ। उता, गौतम अडानीको सम्पत्तिमा पछिल्लो समय गिरावट आएपछि उनी एसियाका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा पुगेका छन्।

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका–५ बस्ने तेह्रथुम घर भएका ३५ वर्षीय नगेन्द्र भेटवाल, कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने बर्दिया घर भएका ४४ वर्षीय समुन्द्रबहादुर थापा र कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने पाँचथर घर भएका ४४ वर्षीय कुमार खतिवडा रहेका छन्।

प्रहरीका अनुसार नगेन्द्रले जापान पठाइदिन्छु भन्दै एक जना पीडितबाट १० लाख रुपैयाँ, समुन्द्रबहादुरले कम्बोडिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट ७ लाख रुपैयाँ र कुमारले युएई पठाइदिन्छु भन्दै एक जना पीडितबाट १ लाख रुपैयाँ लिएका थिए। रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएको भन्दै पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।

उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले नगेन्द्रलाई सोमबार टोखा नगरपालिका–५ बाट तथा समुन्द्रबहादुरलाई मंगलबार कागेश्वरी मनोहरा नगरपालिका–९ र कुमारलाई कागेश्वरी मनोहरा नगरपालिका–७ बाट पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

काठमाडौं । लागूऔषध मुद्दामा कैद सजाय भोगिरहेका बेला आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका–२ घर भई काठमाडौंको टोखा नगरपालिका–३ जाल्पाचोक बस्दै आएका ४५ वर्षीय बिमल घर्ती रहेका छन्।

लागूऔषध मुद्दामा अदालतबाट ११ वर्ष कैद सजाय, १ लाख १० हजार रुपैयाँ जरिवाना र ४ हजार ४ सय रुपैयाँ क्षतिपूर्ति ठहर भई घर्ती केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारामा कैद भुक्तान गरिरहेका थिए।

तर, २०८२ भदौ २४ गते भएको आन्दोलनका क्रममा कारागारबाट भागी फरार भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले सोमबार साँझ टोखा नगरपालिका–३ जाल्पाचोकबाट पक्राउ गरेको हो।

पक्राउ परेका घर्तीलाई बाँकी कैद भुक्तानका लागि केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारा पठाइएको प्रहरीले जनाएको छ।

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले काठमाडौंको नागपोखरीबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषा जनकपुरधाम उपमहानगरपालिका–४ घर भई काठमाडौं महानगरपालिका–२९ मैतीदेवी बस्दै आएका ३६ वर्षीय हिमान्सु भुवनिया रहेका छन्।

जिल्ला अदालत जलेश्वरबाट बैंकिङ कसुर मुद्दामा पक्राउ अनुमति जारी भएपछि फरार रहेका भुवनियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले मंगलबार काठमाडौं महानगरपालिका–१ स्थित नागपोखरी चोकबाट पक्राउ गरेको हो।

पक्राउ परेका भुवनियालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी पठाइएको प्रहरीले जनाएको छ।

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ४ सय ९ पुगेको छ। नेपाल प्रहरीका अनुसार बुधबार राति ८ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ४ सय ७ जनाको शव फेला परेको छ भने काठमाडौंमा उपचारका क्रममा थप २ जनाको मृत्यु भएको हो।

फेला परेका शवमध्ये रसुवामा १९९, नुवाकोटमा २०२, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

शवको पहिचानका लागि डीएनए नमुना संकलन तथा आवश्यक प्रक्रिया अघि बढाइएको छ। हालसम्म १ हजार २ सय ३७ वटा शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ तथा आफन्तका १ हजार ९ सय १४ गरी कुल ३ हजार २ सय वटा डीएनए नमुना संकलन गरिएको छ।

यसैगरी, पहिचान हुन नसकेका १ हजार ३ सय ६१ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रहरीले जनाएको छ।

बाढीपछि अझै ४ हजार ८९ जना बेपत्ता रहेको र उनीहरूको खोजी कार्य जारी रहेको छ। विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल १ हजार ९ सय ७९ जना व्यक्तिलाई राखिएको प्रहरीले जनाएको छ।

चेन्नई । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दै श्री भवानी भल्मा एकता समाज, सायल गाउँपालिका-४, भल्मा, डोटी (तामिलनाडु-भारत)  ले बाढीपहिरो पीडित तथा प्रभावित परिवारका लागि राहत सहयोग संकलन गरेको छ।

हरितालिका तीजको अवसरमा भदौ २९ गते तामिलनाडुमा आयोजित तीज कार्यक्रमसँगै समाजले बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन तथा मौनधारण गरेको थियो। सोही अवसरमा पीडित तथा प्रभावित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग रकम संकलन गरिएको हो।

समाजका अनुसार उक्त अभियानबाट रु. ७३,५०७ संकलन भएको छ। संकलित रकम नेपाल सरकारको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा राहत सहयोग स्वरूप पठाइएको समाजले जनाएको छ।

विपद्को समयमा मानवीय सहयोग जुटाउने अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण पदाधिकारी, सदस्य, सहयोगदाता तथा शुभेच्छुकहरूप्रति समाजले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

समाजले विपद्को समयमा पीडितहरूको साथमा उभिनु सामाजिक तथा मानवीय दायित्व भएको उल्लेख गर्दै “विपद्मा परेकालाई सहयोग गर्नु नै मानवताको सच्चा धर्म हो” भन्ने सन्देश दिएको छ।

“एकता नै हाम्रो शक्ति, सेवा नै हाम्रो पहिचान” भन्ने मूल भावनाका साथ समाजले आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिने जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।