२०८३ भाद्र १४ आईतवार
२०८३ भाद्र १४ आईतवार

काठमाडौँ । सामाजिक सञ्जालमा लोकप्रिय दुबईका जमजम ब्रदर्सले नेपाली बजारमा व्यवसायिक यात्रा सुरु गरेका छन्। मुहम्मद शकुर र अब्दुल गफुरले शनिबार काठमाडौँको सुनधारास्थित सिभिल मलमा जमजम परफ्युम्स नेपालको उद्घाटन गरेका हुन्।

‘छोटे भाइ’ र ‘बडे भाइ’का रूपमा परिचित उनीहरूले नेपाललाई सम्भावनायुक्त बजारका रूपमा लिँदै ब्रान्ड विस्तार गरेको बताएका छन्। नेपाली उपभोक्ताबाट पाएको माया र समर्थनले आफूहरू उत्साहित भएको उनीहरूको भनाइ छ।

ग्याजेट समीक्षा तथा मनोरञ्जनात्मक सामग्रीमार्फत विश्वभर लोकप्रिय बनेका जमजम ब्रदर्सले सन् २०१३ मा यूएईबाट इलेक्ट्रोनिक्स व्यवसाय सुरु गरेका थिए। पछिल्लो समय विभिन्न बजारमा व्यवसाय विस्तार गर्दै आएका उनीहरूले नेपाललाई दक्षिण एसियाली विस्तारको महत्वपूर्ण गन्तव्यका रूपमा अघि बढाएका छन्।

नेपाल प्रवेशसँगै उनीहरूले दीर्घकालीन लगानी, ब्रान्ड विस्तार र उपभोक्ता अनुभवलाई प्राथमिकता दिने योजना सार्वजनिक गरेका छन्।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको मिति सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार प्रतियोगिताको मिति घोषणा गर्दै एनपीएल २०२६ आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुने जनाएको छ। 

क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा एनपीएल २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने उल्लेख गरिएको छ।

तेस्रो संस्करणका लागि खेलाडी अक्सन यसअघि नै सम्पन्न भइसकेको छ। अब विभिन्न फ्रेन्चाइज टोलीहरूले विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रिया अघि बढाइरहेका छन्। प्रतियोगितामा सहभागी टोली, खेल तालिका तथा अन्य विस्तृत विवरण भने क्यानले अझै सार्वजनिक गरेको छैन। 

एनपीएल नेपाली क्रिकेटको प्रमुख फ्रेन्चाइज टी–२० प्रतियोगिता हो, जसले पछिल्ला संस्करणमा नेपाली क्रिकेटप्रति दर्शकको आकर्षण र व्यावसायिक गतिविधि बढाउँदै आएको छ। २०२५ को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो।

बेलायत । नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बेलायतको बर्मिङ्घममा ‘बर्मिङ्घम तीज मेला २०२६’ आयोजना हुने भएको छ। शान्ति नेपाली समाज बेलायतको आयोजनामा आगामी १० अगस्ट २०२६, सोमबार West Bromwich Collegiate Academy, Kelvin Way, West Bromwich मा मेला आयोजना हुन लागेको हो। कार्यक्रम बिहान ११ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएकाे छ । 

मेलामा नेपाली मौलिक कला, संस्कृति र मनोरञ्जनलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ। कार्यक्रममा विष्णु खत्री, चन्द्र शर्मा, मेलिना राई, जमुना राना, रमेश राज भण्डारी, प्रोसेस पाण्डे, शोभा त्रिपाठी र सरिस्मा मगर लगायतका कलाकारहरूको प्रस्तुति रहनेछ ।

त्यस्तै कार्यक्रममा प्रत्यक्ष सांगीतिक प्रस्तुति, सांस्कृतिक नृत्य, सिग्नेचर नौमती बाजा, लाखे नाच, स्पुन रेस, पट ब्रेकिङ तथा वाइफ क्यारि रेस लगायतका मनोरञ्जनात्मक गतिविधि आयोजना गरिनेछ। साथै भलिबल प्रतियोगिता र बालबालिकाको फुटबल खेल समेत हुने जनाइएको छ।

आयोजकका अनुसार कार्यक्रम निःशुल्क प्रवेश सहित आयोजना हुनेछ। बेलायतमा रहेका नेपाली समुदायलाई एकै ठाउँमा भेला गराई नेपाली संस्कृति, परम्परा र आपसी भाइचारालाई अझ बलियो बनाउने उद्देश्यले मेला आयोजना गर्न लागिएको आयोजकले जनाएकाे छ । 

कार्यक्रमलाइ सफल बनाउन बेलायत स्थित विभिन्न संघ-संस्थाकाे विशेष सहयाेग गर्ने आयोजक संस्था शान्ति नेपाली समाज बेलायतले जनाएकाे छ । 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।