२०८३ भाद्र १५ सोमबार
Search
२०८३ भाद्र १५ सोमबार

काठमाडौं । काठमाडौंको कुलेश्वरस्थित एभन गा:ड बोर्डिङ स्कुलले श्रावण १५ को अवसरमा ‘हरियो र पहेँलो दिवस’ विशेष कार्यक्रमका साथ मनाएको छ।

नर्सरीदेखि कक्षा २ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रममा श्रावण महिनाको महत्व, खिर खाने परम्परा तथा हरियो र पहेँलो रङको सांस्कृतिक र स्वास्थ्यसम्बन्धी महत्वबारे जानकारी गराइएको विद्यालयले जनाएको छ।

कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले विभिन्न सिर्जनात्मक तथा मनोरञ्जनात्मक गतिविधिमा सहभागिता जनाएका थिए। यूकेजी सेक्शन ‘ए’ का विद्यार्थीले फुकेर रङ मिश्रण गर्ने गतिविधि, यूकेजी सेक्शन ‘बी’ ले बेलुन सन्तुलन प्रतियोगिता, एलकेजी सेक्शन ‘ए’ ले रङ छुट्याउने खेल तथा एलकेजी सेक्शन ‘बी’ ले पहेँलो फलफूलबारे प्रस्तुति दिएका थिए। नर्सरीका विद्यार्थीहरूले ‘जताततै हरियो’ बोलको गीत प्रस्तुत गरेका थिए।

कार्यक्रमको स्वागत सत्रमा यूकेजीका विद्यार्थीहरूले प्राकृतिक सौन्दर्यसँग जोडिएका विभिन्न रङबारे गीत प्रस्तुत गरेका थिए। साथै, शिक्षकहरूले हरिया सागसब्जी र फलफूलको महत्वबारे जानकारी दिँदै स्वस्थ जीवनशैलीका लागि पौष्टिक आहारको आवश्यकताबारे विद्यार्थीलाई सचेत गराएका थिए।

कार्यक्रमको अन्त्यमा सहभागी विद्यार्थीहरूलाई हरियो रङका क्राफ्ट सामग्री वितरण गर्दै ‘हरियो र पहेँलो दिवस’ कार्यक्रम सम्पन्न गरिएको विद्यालयले जनाएको छ।

काठमाडौं ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गतको ब्रिटिश प्रोफेशनल कलेज (BPC) का विद्यार्थीहरूले ACCA जुन २०२६ परीक्षामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल तथा विश्वस्तरमा उल्लेखनीय सफलता हासिल गरेका छन्।ACCA Platinum Approved Learning Partner तथा लाइसेन्स प्राप्त Computer-Based Examination (CBE) Centre को रूपमा परिचित ब्रिटिश प्रोफेशनल कलेजले अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा, अनुभवी शिक्षकहरूको मार्गदर्शन तथा उत्कृष्ट सिकाइको वातावरणमार्फत विद्यार्थीहरूलाई विश्वव्यापी करियरका लागि सक्षम बनाउँदै आएको छ।

यसपटक उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू:

    सहारा मगिया (PM) – नेपाल प्रथम, विश्व ८औँ

    नेहा खतिवडा (SBL) – नेपाल प्रथम, विश्व १८औँ

    आशुतोष शर्मा (SBR) – नेपाल प्रथम, विश्व ११औँ

    आशास्वी कुमारी श्रेष्ठ (ATX) – नेपाल दोस्रो, विश्व १७औँ

    शेलिश्मा सिवाकोटी (PM) – नेपाल तेस्रो, विश्व १३औँ

    राकेश साह (SBR) – नेपाल दोस्रो, विश्व १३औँ

यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै ब्रिटिश एजुकेशन ग्रुपका Head of Professional Education, दिपेन्द्र के. श्रेष्ठले भन्नुभयो, हाम्रा विद्यार्थीहरूले हासिल गरेको यो सफलता उनीहरूको अथक मेहनत, समर्पण हाम्रा अनुभवी शिक्षकहरूको निरन्तर मार्गदर्शनको परिणाम हो। राष्ट्रिय मात्र नभई विश्वस्तरमै उत्कृष्ट नतिजा हासिल गर्दै विद्यार्थीहरूले ब्रिटिश प्रोफेशनल कलेजको शैक्षिक उत्कृष्टतालाई थप उचाइमा पुर्याएका छन्। हामी सबै सफल विद्यार्थीलाई हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना व्यक्त गर्दछौं। 

यसैबीच, ब्रिटिश प्रोफेशनल कलेजले सेप्टेम्बर २०२६ ACCA Intake का लागि भर्ना खुला भएको जनाएको छ। ACCA अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई चाकुपाट, ललितपुरस्थित ब्रिटिश प्रोफेशनल कलेजमा सम्पर्क गरी निःशुल्क शैक्षिक परामर्श लिन तथा समयमै आफ्नो सिट सुरक्षित गर्न कलेजले अनुरोध गरेको छ।

ब्रिटिश प्रोफेशनल कलेजबारे

ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज (BPC) नेपालकै अग्रणी व्यावसायिक शिक्षण संस्था हो। ACCA Platinum Approved Learning Partner का रूपमा कलेजले अन्तर्राष्ट्रियस्तरको शिक्षण, आधुनिक शैक्षिक पूर्वाधार तथा अनुभवी प्राध्यापकहरूमार्फत विद्यार्थीहरूलाई विश्वस्तरीय लेखा तथा वित्तीय करियरका लागि तयार गर्दै आएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।