२०८३ कार्तिक १२ बिहीबार
Search
२०८३ कार्तिक १२ बिहीबार

काठमाडौँ । नेपाल सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि वितरण कार्यक्रम अन्तर्गत यस वर्षको पहिलो चरणको कार्यक्रम आउँदो कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ।

विगतका वर्षहरूमा पहिलो चरणको कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको भए तापनि यस वर्ष सो समयमा बडादसैँको सार्वजनिक बिदा परेकाले कार्यक्रमको मिति परिवर्तन गरी कात्तिक १७ र १८ गते तोकिएको हो। सरकारले हरेक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसअन्तर्गत दोस्रो चरणको औषधि वितरण भने वैशाख ६ र ७ गते हुने गरेको छ ।

यस कार्यक्रम अन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।

बालस्वास्थ्य रक्षा तथा कुपोषण र अन्य स्वास्थ्य जटिलताबाट बचाउन यो कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण रहेकाले तोकिएको मितिमा आफ्ना बालबालिकालाई नजिकैको औषधि खुवाउने केन्द्र (वितरण केन्द्र) मा लगेर अनिवार्य रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सम्पूर्ण अभिभावकहरूमा अनुरोध गरिएको छ।

काठमाडौँ। करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको पुरस्कार घोषणा गरिएको छ। 

आइतबार काठमार्डौंको न्यरोडस्थित विशाल बजार परिसरबाट असोज महिनाको दोस्रो पाक्षिकको पुरस्कार घोषणा गरिएको हो। दोस्रो पाक्षिकको पुरस्कार अन्तर्गत १० लाखको पुरस्कार एसएस फेन्सी हाउसबाट ३ हजारको सामान खरिद गर्ने ग्राहक नुवाकोटकी सन्तमाया तामाङले जितेकी छिन्। 

पुरस्कार विजेतालाई कलाकारद्वय दीपकराज गिरी र दीपा श्री निरौलाले फोन गरेर पुरस्कार जितेको जानकारी गराएका थिए। त्यस्तै १६ जनाले एक लाख रुपैयाँ प्राप्त गरेका छन् । कार्यक्रममा अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले वेस्ट इन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेललाई अनुबन्ध गरेको छ ।

विस्फोटक ब्याटिङ र प्रभावकारी बलिङका लागि परिचित रसेलको आगमनले टोली थप बलियो हुने विराटनगर किंग्सले विश्वास व्यक्त गरेको छ ।

रसेल सन् २०१२ र २०१६ मा टी–२० विश्वकप जित्ने वेस्ट इन्डिज टोलीका सदस्य थिए । उनले इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्ससहित विश्वका विभिन्न फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

विराटनगर किंग्सले रसेलको अनुभव र खेल क्षमताले टोलीलाई उपाधिको बलियो दाबेदार बनाउने विश्वास व्यक्त गरेको छ ।

रसेलले पनि विराटनगर किंग्ससँग आबद्ध हुन पाउँदा उत्साहित रहेको बताउँदै नेपाली समर्थकहरूमाझ उत्कृष्ट प्रदर्शन गरेर टोलीलाई उपाधि जिताउन योगदान गर्ने लक्ष्य रहेको बताएका छन् ।

काठमाडौँ । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ । देश बाढीपहिरोका कारण शोकमा रहेकाले कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार भोटेकोशीमा आएको बाढीले १ हजार ४०० भन्दा बढीको मृत्यु र ५ हजारभन्दा बढी बेपत्ता भएको तथा बूढीगण्डकीमा आएको बाढीले समेत जनधनको क्षति पुर्‍याएकोले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान स्थगित गरिएको हो ।

बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएपछि २०३४ सालको कोजाग्रत पूर्णिमामा शुभकामना आदानप्रदान र आपसी सौहार्दता अभिवृद्धि गर्ने उद्देश्यले चियापान समारोह सुरु गरेका थिए । त्यसयता केही वर्षबाहेक कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम आयोजना गर्दै आएको थियो ।

कांग्रेस सभापति गगनकुमार थापाले शोकको घडीमा चाडपर्व मनाउँदा भड्किलो शैली अपनाउनुको सट्टा शान्त र संयमित भएर परिवारमा सीमित रही मनाउन आग्रह गरेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।