२०८३ भाद्र २९ सोमबार
Search
२०८३ भाद्र २९ सोमबार

चेन्नई । नेपालमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका नेपालीहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै चेन्नईमा बसोबास गर्ने नेपाली समुदायले बृहत् शोकसभा तथा क्यान्डल मार्च आयोजना सम्पन्न गरेको छ।

श्री चन्द्र महराको नेतृत्वमा आज आयोजित कार्यक्रममा चेन्नई तथा तमिलनाडुमा सक्रिय विभिन्न नेपाली संघ-संस्था, सामाजिक संगठन तथा राजनीतिक दलसम्बद्ध भ्रातृ संगठनका प्रतिनिधिहरू सहभागी भएका थिए। कार्यक्रममा करिब १२ वटा नेपाली संघ-संस्थाका प्रतिनिधिहरू एकै ठाउँमा भेला भएर नेपालमा भएको प्राकृतिक विपत्तिप्रति ऐक्यबद्धता जनाएका हुन्।

कार्यक्रममा नेपाली समाज, भारतका ताराखर कुँवर, प्रवासी नेपाली जनसम्पर्क मञ्चका गोकुल शर्मा, नेपाली जनसम्पर्क समिति (नेजस) का केन्द्रीय सदस्य गंगाराम शर्मा, प्रवासी नेपाली संघ भारत-तमिलनाडु-पुडुचेरीका सीमा निउरे, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका काशीराम शर्मा, सुदूरपश्चिमेली नेपाली समाज भारत-तमिलनाडुका सुरेश टीकातरी, सुदूरपश्चिम खड्का एकता समाज भारतका लालबहादुर खड्का, प्रवासी नेपाली केन्द्र भारतका लोकेन्द्र बि.क., चेन्नई नेपाली प्रवासी कल्याण संघका सुनील बी सी, प्रवासी सिगास दलित एकता समाज चेन्नईका सुपारी नेपाली, सामाजिक न्याय नेपाली समाज भारत-तमिलनाडुका कृष्ण तिरुवा तथा दलित युवा सहयोगी समाज तमिलनाडु राज्य समितिका सुन्दर सिंजापति लगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको प्रशासनिक व्यवस्थापनमा श्री गोपाल वि.क.ले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयको थियो l

क्यान्डल मार्चमार्फत बाढीका कारण ज्यान गुमाएका सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहभागीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए।  साथै विपत्तिमा परेका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आवश्यक सहयोग गर्न सबैलाई एकजुट हुन आह्वान गरिएको थियो।

कार्यक्रमको मुख्य सन्देश “विपत्तिको बेला राजनीति, पार्टी र संगठनभन्दा माथि उठेर मानवीयता र राष्ट्रिय एकताको पक्षमा उभिनुपर्छ” भन्ने रहेको थियो। फरक-फरक राजनीतिक विचार र सामाजिक संगठनमा आबद्ध नेपालीहरू एउटै उद्देश्यका लागि एक ठाउँमा उभिनुले प्रवासमा नेपाली समुदायबीच रहेको आपसी सद्भाव, एकता र सहकार्यलाई थप बलियो बनाएको सहभागीहरूले बताएका छन्।

नेपालमा परेको विपत्तिमा प्रवासमा रहेका नेपालीहरू पनि दुःख र पीडामा सँगै रहेको सन्देश दिँदै सहभागीहरूले राष्ट्रिय संकटको समयमा सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए।

चेन्नईमा सम्पन्न संयुक्त शोकसभा तथा क्यान्डल मार्चले “विपत्तिको बेला हामी सबै नेपाली एउटै सूत्रमा बाँधिन्छौँ” भन्ने सशक्त सन्देश दिएको छ। फरक विचार र संगठन भए पनि देश र जनताको दुःखमा सबै एक ठाउँमा उभिन सकिन्छ भन्ने उदाहरणसमेत कार्यक्रमले प्रस्तुत गरेको छ।

–  यादव पाण्डेय, चेन्नई, भारत

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा त्यसबाट सिर्जित विपद्का कारण हालसम्म १ हजार ३४१ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फेला परेका शवमध्ये रसुवामा १६३, नुवाकोटमा १९५, धादिङमा ६७, चितवनमा ३६२, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२० जनाको शव फेला परेको छ ।

प्राधिकरणका अनुसार हालसम्म ९९ शवको सनाखत भइसकेको छ भने सनाखत भएका शव आफन्तले बुझेका छन् । बाढी तथा अन्य विपद्का कारण ४ हजार ९९६ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । सम्पर्कविहीन हुनेमा रसुवाका १ हजार ९६७, नुवाकोटका २ हजार ३४० र ५८९ जना विदेशी नागरिक रहेका छन् ।

त्यस्तै, विपद्को उद्धार तथा व्यवस्थापनमा खटिएका करिब १०० जना सुरक्षाकर्मी तथा कर्मचारीसमेत अझै सम्पर्कविहीन रहेको प्राधिकरणको पछिल्लो विवरणमा उल्लेख छ । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, शवको पहिचान तथा उद्धार कार्यलाई निरन्तरता दिइएको जनाइएको छ ।

काठमाडौं । ‘हिमालयन चितुवा’को उपनामले परिचित नेपाली युवा बक्सर अविरल घिमिरेले ‘हिट किक बक्सिङ–५९’ अन्तर्गत विश्व च्याम्पियनसिपको उपाधि जितेका छन्। अन्तर्राष्ट्रिय खेलकुद किक बक्सिङ महासंघको आयोजनामा जापानको नागोया सहरस्थित करिया हलमा सम्पन्न प्रतियोगिताको मुख्य प्रतिस्पर्धामा अविरलले साविक विजेता फ्रान्सेली बक्सर माथन चोइनार्डलाई नकआउट गर्दै उपाधि आफ्नो नाममा पारेका हुन्।

प्रतिस्पर्धाको दोस्रो राउन्डको दोस्रो मिनेटमा अविरलले प्रहार गरेको शक्तिशाली मुक्का सहन नसकेपछि चोइनार्ड रिङमै ढलेका थिए। त्यसपछि रेफ्रीले नकआउटको आधारमा अविरललाई विजेता घोषणा गरेका थिए। यो जितसँगै अविरल विश्व च्याम्पियनसिपको उक्त उपाधि जित्ने पहिलो नेपाली बक्सर बनेका छन्।

२९ वटा अन्तर्राष्ट्रिय खेल खेलिसकेका अविरलले हालसम्म २१ खेलमा जित हात पारेका छन्। उनका २१ जितमध्ये २० जित नकआउटमार्फत हासिल भएका छन्। अविरलको पछिल्लो उपलब्धिलाई नेपाली बक्सिङ खेलका लागि ऐतिहासिक सफलता तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको गौरव बढाउने उपलब्धिका रूपमा हेरिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।