२०८३ भाद्र १४ आईतवार
२०८३ भाद्र १४ आईतवार

काठमाडौं । एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज, उद्धार तथा राहत वितरण सहज होस् भन्ने उद्देश्यले उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि शनिबारबाट लागु हुने गरी थप सात दिन बढाएको छ । यससँगै अब प्रभावित क्षेत्रमा थप एक हप्ता कम्पनीका यी सेवाहरु निःशुल्क उपलब्ध हुनेछन् ।

यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अल नेट भ्वाइस र १०० वटा निःशुल्क एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो र सोही अनुसार सेवा दिदै आएको थियो । तीन दिने अवधि आज समाप्त हुँदैछ ।

विपद्को समयमा सञ्चार सेवाले सूचना आदानप्रदान, आपसी समन्वय तथा उद्धार र राहत वितरणका पहललाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्छ । प्रभावित समुदायका ‍सर्बसाधारणलाई परिवार, आफन्त तथा उद्धार र राहतमा संलग्न टोलीसँग सम्पर्कमा रहन सजिलो बनाउँदै कम्पनीले उक्त निःशुल्क सेवा अवधि थप गरेको जनाएको छ ।

“हाम्रो यो योगदानले प्रभावित समुदायलाई यो विपद्का बेलामा आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न सहज हुने विश्वास लिएका छौं। यस कठिन समयमा आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु हामी सबैको जिम्मेवारी हो,” एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने । १८ वटा टावर पुनःसंचालनमा एनसेलले विपद्का समयमा सञ्चार सेवा निरन्तर कायम राख्न तथा आपतकालीन खोज, उद्धार र राहतका कार्यमा सहयोग पुर्याउदै आएको छ। कम्पनीले बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध भएका आफ्ना १८ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याएको छ भने अन्य ९ प्रभावित टावरहरूको पुनःसंचालनको लागि कार्यसमेत गरिरहेको छ।

यसैगरी, एनसेलले खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा योगदान पुर्याउने उद्देश्यले बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनसेल फाउन्डेसनमार्फत रु. १
करोड सहयोग गरेको थियो। यसका साथै, एनसेलले बाढी प्रभावित क्षेत्रका सर्वसाधारणलाई सुरक्षित रहन सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न आग्रह गर्दै एसएमएस तथा आफ्ना सामाजिक सञ्जालका पेज तथा अकाउन्टहरूमार्फत आवश्यक सूचना सम्प्रेषण गर्दै आएको छ ।

काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा सञ्चार सेवा सहज बनाउन एनसेलले उपलब्ध गराउँदै आएको निःशुल्क अल-नेट भ्वाइस, डेटा र एसएमएस सेवा थप ७ दिनका लागि विस्तार गरेको छ। एनसेलका अनुसार भोलि शनिबारदेखि लागू हुने गरी प्रभावित क्षेत्रका ग्राहकहरूले थप एक हप्तासम्म यी सेवाहरू निःशुल्क प्रयोग गर्न पाउनेछन्। विपद्को समयमा परिवार, आफन्त तथा उद्धार टोलीसँग सम्पर्कमा रहन सहज होस् भन्ने उद्देश्यले निःशुल्क सेवा अवधि बढाइएको एनसेलले जनाएको छ।

यसैबीच, बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङमा १४ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ। तीन जिल्लामा प्रभावित कुल २७ टावरमध्ये रसुवाका ३, नुवाकोटका ८ र धादिङका ३ गरी १४ वटा साइट पुनः सञ्चालनमा आएका हुन्।

बाँकी प्रभावित टावरहरू पनि पुनः सञ्चालनमा ल्याउन आवश्यक प्राविधिक काम भइरहेको एनसेलले जनाएको छ। विपद्को कठिन अवस्थामा प्रभावित समुदायको साथमा रहँदै आवश्यकता अनुसार नेटवर्क तथा प्राविधिक स्रोतसाधन परिचालन गरी दूरसञ्चार सेवा निरन्तर उपलब्ध गराउन प्रतिबद्ध रहेको एनसेलको भनाइ छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।