
झापा । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका-८ झारवारी बस्ने ३१ वर्षीय कृष्ण कुमार राजवंशीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कृष्णले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट जुरोपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुल्लु नगरपालिका-१ नाउले गाउँ बस्ने २० वर्षीय दिपक नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
रुपन्देही । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ की राप्रपा उम्मेदवार कर्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी छन् ।
कुनै विरोध र उजुरी नपरेको भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले मनोनयन फिर्ता लिन अनुरोध गरेकाले आफुले उम्मेद्वारी फिर्ता लिएकाे उनले जानकारी गराएकी छिन् ।
आफु केहि वर्षयता विदेशमा रहेकाे र त्यहाँ रहँदा लिएकाे कार्ड त्यागेकाे समयावधी नपुगेकाे कारण नेपालकाे कानुन बमाेजिम आफु उम्मेद्वारका लागी अयाेग्य हुन सक्ने भन्दै उनले उम्मेद्वारी फिर्ता लिएकी हुन् ।

काठमाडाै । नेपाली काँग्रेसले भावी प्रधानमन्त्रीकाे रुपमा पार्टीका सभापति गगन थापाकाे नाम अघि सारेकाे छ ।
आज पार्टी कार्यालयमा बसेकाे बैठकले सभापति थापालाइ भावि प्रधानमन्त्रीकाे उम्मेदवार बनाएर फागुन २१ मा हुन गइरहेकाे प्रतिनिधी सभाकाे चुनावमा जाने निर्णय गरेकाे हाे ।
साेही बैठकमा पार्टीका प्रवक्ता देवराज चालिसेकाे संयाेजकत्वमा आगामी निर्वाचनका लागी प्रचारप्रसार समिति, कार्यालय भवन पुर्ननिर्माणका लागि काेषाध्यक्ष उमेश श्रेष्ठकाे संयाेजकत्वमा केन्द्रीय कार्यालय भवन पुनर्निर्माण समिति र माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न उपसभापति पुष्पा भुसाललाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेकाे छ ।

काठमाडाैं । नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ । यो कीर्तिमानी मूल्य हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको तोलाको ९ हजार २ सयले बढेर तोलाको ३ लाख एक हजार ४०० मा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ९२ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३२० रुपैयाँले बढेर तोलाको ६१९० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५८७० रुपैयाँमा कारोबार भएको थियो ।




