
रुपन्देही । तिलोत्तमा नगरपालिका–१०, कान्छिबजारमा लाखे नृत्य प्रस्तुत गरिएको छ ।
ज्वजलपा नेवाः समाज, तिलोत्तमा–७, भलवारीद्धारा कान्छिबजारमा सो नृत्य प्रस्तुत गरिएको हो ।
जनैपूर्णिमा देखी ईन्द्रजात्रासम्म नेवाः समुदायको प्रचलित लाखे नाच देशभर देखाउने गरिन्छ । सहकालको प्रतिक मानिने लाखेको माध्यमबाट सम्पूर्ण रोगव्याधि, दुःखकष्ट तथा दिवंगत भएका कुलपृतिहरुको उद्धार हुने विश्वास रहिआएको छ ।
विभिन्न चाडवाडको अवसर पारेर देखाईने उक्त नृत्य श्रीकृष्ण जन्माष्टमीेको अवसर पारेर आज देशका विभिन्न ठाउँमा नेवाः समुदायद्धारा लाखे नाच प्रस्तुत गरिएको छ ।
भिडियो हेर्नुहोस्:
https://www.youtube.com/watch?v=M3MMJ-I8Ey0
मुम्बई। भारतको मुम्बईस्थित प्रवासी नेपालीहरुको सक्रिय संस्था मनाकामना एकता फाउण्डेशनले आईतबार तिजमिलन (दरखाने) कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

हरेक वर्ष जस्तै यो वर्ष पनि हरितालिका तिजको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा करिब ७०० जना नेपालीहरु सहभागी भई शुभकामना साटासाट गरेका थिए । मुम्बई शहरस्थित मेवार बाटिका हल मिरारोड (ईष्ट) मा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि मिरा मायन्दरका पूर्व MLA नरेन्द्र मेहता हुनुहुन्थ्यो । यसैगरि अतिथिहरु नेपाली प्रवासी महासंघका सल्लाहकार भरत रावल, डिवी रावल, पूर्व महासचिव पूर्ण कुँवर, सगरमाथा फाउण्डेशनका सुनिल बराल, शुसिला शर्मा, जमुना खत्री, मिरा मायन्दर शिवसेना गढ प्रमुख UBT राजेन्द्र थलारी, नेपाल कामदार युनियन संघका अध्यक्ष मास्टर थापा, नेजस पश्चिम भारतका पूर्व अध्यक्ष मिन बोहोरा, सुनाखरी महिला समाजका महासचिव रजनी थापा, मुक्तिनाथ फाउण्डेशनका उपाध्यक्ष सरिता गिरी र तुलसीराम घिमिरेको पनि उपस्थिति रहेको थियो ।

संस्थाका महासचिव केशव काफ्ले र उर्मिला क्षेत्रीको संचालनमा भएको कार्यक्रममा कलाकार लोक तथा दोहोरी गायक अलिफ खानले पनि आफ्नो प्रस्तुति दिएका थिए ।

चाडपर्वको बेलामा आयोजना गरिने यस्ता कार्यक्रमले आफ्नो कला संस्कृतिको जगेर्ना हुनुका साथै प्रवासी नेपालीहरु बिच आपसी सद्भाव कायम हुने विश्वास लिएको फाउण्डेशनका अध्यक्ष मोतिलाल न्यौपानेले बताउनुभयो ।

मनकामना एकता फाउण्डेशनले विगत १० वर्षदेखी मुम्बईमा रहेर प्रवासी नेपालीहरुका हितमा काम गर्दैै आईरहेको छ ।
रुपन्देही। वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो ।




