२०८३ आश्विन २९ बिहीबार
Search
२०८३ आश्विन २९ बिहीबार

काठमाडाैं । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू-भागबाट पूर्ण रूपमा बाहिरिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसुन नेपालबाट बाहिरिएको हो।

नेपालमा मनसुन बाहिरिने सरदर (औसत) मिति अक्टोबर २ भएता पनि यस वर्ष १२ दिन ढिलो गरी मनसुन बाहिरिएको महाशाखाले जनाएको छ।

यसअघि गत असोज १७ गते (अक्टोबर ३) का दिन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट मनसुन बहिर्गमनको सुरूआत भएको थियो। आज असोज २८ गतेसम्म आइपुग्दा मनसुन देशैभरिबाट बाहिरिएको छ।

नेपालबाट मनसुन प्रणाली बाहिरिए तापनि स्थानीय वायु र पश्चिमी वायुको प्रभाव अझै रहन सक्ने भएकाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचनाको जानकारी लिन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।