२०८३ भाद्र १६ मंगलवार
Search
२०८३ भाद्र १६ मंगलवार

अनुमतिबिनै दूरसञ्चार तथा इन्टरनेट सेवा सञ्चालन गरे कानुनी कारबाही हुने, एनटीएको चेतावनी

काठमाडाै‌ । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले अनुमति (लाइसेन्स) र स्वीकृत फ्रिक्वेन्सीबिना अनधिकृत रूपमा दूरसञ्चार तथा इन्टरनेट सेवा सञ्चालन वा प्रयोग नगर्न सर्वसाधारण, सेवा प्रदायक तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ। प्राधिकरणले २०८३ साउन ३२ गते सार्वजनिक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो।

प्राधिकरणका अनुसार नेपालका केही दुर्गम तथा हिमाली पर्यटकीय क्षेत्रमा आवश्यक अनुमतिपत्र नलिई विभिन्न प्रविधिमार्फत दूरसञ्चार तथा इन्टरनेट सेवा सञ्चालन तथा प्रयोग भइरहेको जानकारी प्राप्त भएपछि उक्त सूचना जारी गरिएको हो।

एनटीएले दूरसञ्चार ऐन, २०५३ को दफा २१ अनुसार प्राधिकरणबाट अनुमतिपत्र नलिई कुनै पनि प्रकारको दूरसञ्चार सेवा सञ्चालन गर्नु वा त्यस्तो सेवा प्रयोग गर्नु गैरकानुनी तथा दण्डनीय कार्य भएको स्पष्ट पारेको छ।

प्राधिकरणले चेतावनी दिँदै अनुमति बिना सेवा सञ्चालन वा प्रयोग गरेको पाइएमा सम्बन्धित उपकरण जफत गरिनुका साथै प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाही गरिने जनाएको छ। साथै, यस्ता गतिविधिमा संलग्न नहुन र नभइदिन सबै सरोकारवालालाई अनुरोध गरिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।