२०८३ भाद्र १४ आईतवार
२०८३ भाद्र १४ आईतवार

काठमाडौं, एनसेलले आफ्ना ग्राहकहरुका लागि एनसेल एपमा आकर्षक ‘शेक एन्ड विन’ अफर संचालनमा ल्याएको छ । यो अफरमा ग्राहकले आफ्नो मोबाइल फोनमा रहेको एनसेल एप खोलेर मोबाइल फोन हल्लाउँदा तुरुन्तै आकर्षक सरप्राइज उपहार पाउन सक्छन् ।  

बहुउपयोगी सेल्फ सर्भिस एपका रुपमा स्थापित भईसकेको एनसेल एपको प्रयोगलाई बढावा दिने र डिजिटल सेवा प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्यले एनसेलले यो अफर संचालनमा ल्याईएको हो । यस अफरमा सहभागी हुन ग्राहकले कुनै पनि शुल्क तिर्नु पर्दैन। 

यस अफरमार्फत ग्राहकले पार्टनर्ड सभिसेजमा विशेष अफर, छुट कुपन, डाटा प्याक तथा अन्य विभिन्न फाइदाहरू उपहारका रुपमा प्राप्त गर्न सक्छन्। प्रत्येक चौबिस घण्टाको अन्तरालमा मोबाइल फोन हल्लाउँदा एक नयाँ सरप्राइज उपहार पाईने भएकाले एप प्रयोग अझ रोचक र अन्तरक्रियात्मक बन्ने विश्वास लिईएको छ । 

ग्राहकहरुलाई उपलब्ध हुने उपहारहरूमा निःशुल्क अनलिमिटेड नाइट डाटा, लोकप्रिय सामाजिक सञ्जालमा निःशुल्क अनलिमिटेड पहुँच, विभिन्न लाइफस्टाइल प्रोडक्टहरु तथा यात्रा एवं साहसिक गतिविधिहरूमा विशेष छुट लगायत रहेका छन्।

“हामी ग्राहकलाई अझ सहज, उपयोगी र आकर्षक डिजिटल अनुभव प्रदान गर्न प्रतिबद्ध छौं। ‘शेक एन्ड विन’ एनसेल एपमा पहिलो पटक ल्याइएको गेमिफाइड सुविधा हो, जसले ग्राहकलाई रमाइलो र अन्तरक्रियात्मक रूपमा हाम्रो डिजिटल सेवाहरू प्रयोग गर्न प्रेरित गर्नुका साथै विभिन्न सरप्राइज उपहारहरु जित्ने अवसर पनि प्रदान गर्छ,” एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने । 

एनसेलका अनुसार यस्ता अफरमार्फत कम्पनीले डिजिटल सेवाको प्रयोग बढाउने, एनसेल एपसँग ग्राहकको संलग्नता अभिवृद्धि गर्ने तथा एपमार्फत उपलब्ध विभिन्न सेवाहरूको सहज उपयोगमा प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। 

आफ्नो डिजिटल–फस्ट रणनीति अनुरूप ग्राहकलाई नवीन, सहज र ग्राहक–केन्द्रित डिजिटल अनुभव प्रदान गर्दै दैनिक जीवनमा यसको थप महत्व सिर्जना गर्न निरन्तर काम गरिरहेको कम्पनीले जनाएको छ । ‘शेक एन्ड विन’ अफरले नियमित रूपमा एनसेल एप प्रयोग गर्न प्रोत्साहित गर्नुका साथै कम्पनीका डिजिटल सेवाप्रति ग्राहकको पहुँच र सचेतना बढाउने विश्वास लिईएको छ।

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा बाँदरको आक्रमणबाट एकजना विद्यार्थी घाइते भएका छन् ।

छत्रदेव गाउँपालिका–४ को कालिका बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी सुदन खनाल विद्यालयबाट घर फर्किरहेका बेला बाँदरले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

घाइते सुदनको सन्धिखर्कमा उपचार गरिएको छ । स्वास्थ्यकर्मीका अनुसार उनको बायाँ हातमा ८ वटा टाँका लगाइएको छ ।

स्वास्थ्य अवस्था सामान्य छ ।

काठमाडाै‌ । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले अनुमति (लाइसेन्स) र स्वीकृत फ्रिक्वेन्सीबिना अनधिकृत रूपमा दूरसञ्चार तथा इन्टरनेट सेवा सञ्चालन वा प्रयोग नगर्न सर्वसाधारण, सेवा प्रदायक तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ। प्राधिकरणले २०८३ साउन ३२ गते सार्वजनिक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो।

प्राधिकरणका अनुसार नेपालका केही दुर्गम तथा हिमाली पर्यटकीय क्षेत्रमा आवश्यक अनुमतिपत्र नलिई विभिन्न प्रविधिमार्फत दूरसञ्चार तथा इन्टरनेट सेवा सञ्चालन तथा प्रयोग भइरहेको जानकारी प्राप्त भएपछि उक्त सूचना जारी गरिएको हो।

एनटीएले दूरसञ्चार ऐन, २०५३ को दफा २१ अनुसार प्राधिकरणबाट अनुमतिपत्र नलिई कुनै पनि प्रकारको दूरसञ्चार सेवा सञ्चालन गर्नु वा त्यस्तो सेवा प्रयोग गर्नु गैरकानुनी तथा दण्डनीय कार्य भएको स्पष्ट पारेको छ।

प्राधिकरणले चेतावनी दिँदै अनुमति बिना सेवा सञ्चालन वा प्रयोग गरेको पाइएमा सम्बन्धित उपकरण जफत गरिनुका साथै प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाही गरिने जनाएको छ। साथै, यस्ता गतिविधिमा संलग्न नहुन र नभइदिन सबै सरोकारवालालाई अनुरोध गरिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।