२०८३ भाद्र १५ सोमबार
२०८३ भाद्र १५ सोमबार

विश्वकपमा क्यानडाको ऐतिहासिक पहिलो जित, कतार ६-० ले पराजित

काठमाडाैं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा सह-आयोजक क्यानडाले कतारमाथि ६-० को शानदार जित दर्ता गर्दै विश्वकप इतिहासकै पहिलो विजय हासिल गरेको छ।

भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा सम्पन्न खेलमा क्यानडाले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै कतारलाई दबाबमा राखेको थियो। क्यानडाको जितमा स्टार फरवार्ड जोनाथन डेभिडले ह्याट्रिक गर्दै खेलका नायक बने।

खेलको १६औँ मिनेटमा साइल लारिनले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए। त्यसपछि जोनाथन डेभिडले दुई गोल थप्दै पहिलो हाफमै टोलीलाई ३-० को बलियो अवस्थामा पुर्‍याए।

दोस्रो हाफमा कतारका दुई खेलाडीले रातो कार्ड पाएपछि टोली ९ खेलाडीमा सीमित भएको थियो। त्यसको फाइदा उठाउँदै क्यानडाले थप तीन गोल गर्‍यो। नाथन सालिबाले एक गोल गरे भने कतारका मोहम्मद अल-मन्नाइबाट आत्मघाती गोल भएको थियो। खेलको अन्त्यतिर डेभिडले आफ्नो तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे र क्यानडाको ऐतिहासिक जित सुनिश्चित गरे।

यद्यपि, क्यानडाको जितको खुसीबीच मिडफिल्डर इस्माएल कोने गम्भीर घाइते भएका छन्। उनी खुट्टामा चोट लागेपछि स्ट्रेचरमार्फत मैदानबाट बाहिर लगिएका थिए। उनको अवस्थाबारे थप परीक्षण भइरहेको जनाइएको छ।

५२ हजारभन्दा बढी दर्शकको उपस्थितिमा सम्पन्न खेल क्यानडाली फुटबल इतिहासकै स्मरणीय रात बनेको छ। यसअघि विश्वकपमा जितविहीन रहेको क्यानडाले पहिलो पटक तीन अंक जोड्दै नकआउट चरणको सम्भावना बलियो बनाएको छ।

क्यानडाले अब आफ्नो अन्तिम समूह चरणको खेल स्विट्जरल्याण्डसँग खेल्नेछ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।