२०८३ भाद्र १६ मंगलवार
Search
२०८३ भाद्र १६ मंगलवार

देशभरकै सडक सुधार्न सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री कार्यालय ।

काठमाडौं । रोल्पा जिप दुर्घटनाको ३ दिनपछी एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकार देशभरकै सडक सुधार्न प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।  

२० जना नागरिकको ज्यान जानेगरि भएको उक्त दुर्घटनाको छानबिन समितिले पेस गर्ने प्रतिवेदनका आधारमा सडक दुर्घटना न्यूनिकरणका लागि आवश्यक नितिगत तथा संरचनागत सुधार गर्न सरकार दृढताका साथ अघि बढ्नेछ, विज्ञप्तिमा भनिएको छ ।

“समितिको प्रतिवेदन प्राप्त हुनासाथ त्यसका निष्कर्ष र सुझावहरूलाई तत्काल कार्यान्वयनमा लैजान तथा देशभरकै सडक सुरक्षा प्रणालीमा आवश्यक नीतिगत र संरचनागत सुधार गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय पूर्ण प्रतिवद्धछ ।

सडक दुर्घटना नागरिकको जीवन र परिवारको भविष्यसँग जोडिएको अत्यन्तै गम्भीर विषय भएकोले यसमा देखिएका प्राविधिक तथा मानवीय कमजोरी सुधार्न कार्यालय दृढताका साथ अघि बढ्नेछ ।”  विज्ञप्तिमा उल्लेख छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।