
नवलपरासी। नारायणगढ-बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सकिएको छ ।
आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम सम्पन्न भएको हो ।
पूर्वी खण्डमा दाउन्ने करिब चार किलोमिटर पर्नेमा एकतर्फी रूपमा ढलानको काम सकिएको उनले बताए । अब चौध दिन पूरा भएपछि दाउन्नेको पूर्वी खण्डमा ढलान सडकबाटै यात्रा गर्न सकिने भएको छ ।
यो सँगै पुरै ६५ किलोमिटर सडक कालोपत्र र पक्की सडकले जोडिएको छ, दाउन्नेको पूर्वी खण्डमा पक्की सडकले जोडिए पनि पश्चिम खण्डमा भने अझै पूर्ण रूपमा ढलानको काम सकिएको छैन ।
नारायणगढ-बुटवल सडक विस्तारको काम चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रा लि ले गरिरहेको छ ।
सिराहा । निरन्तरको वर्षासँगै आएको बढीले सिरहा र धनुषा जोड्ने कमला नदीमा बनाइएको अस्थायी ‘डाइभर्सन’ बगाएको छ । हुलाकी राजमार्गअन्तर्गत यहाँ निर्माण भइरहेको पुलको विकल्पमा अस्थायी रूपमा बनाइएको अस्थायी ‘डाइभर्सन’ आज बिहानको बाढीले बगाएको हो ।
बिहीबार रातिदेखिको भारी वर्षाका कारण पुनः क्षतिग्रस्त भएपछि हाल सयौँ सवारीसाधन र यात्रु बीच बाटोमै रोकिएका छन् । केही दिनअघि पनि वर्षाले क्षति पुर्याएपछि मर्मत गरी ‘डाइभर्सन’ सञ्चालनमा ल्याइएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार नदीमा पानीको बहाव उच्च रहेकाले हाल मर्मत गर्ने अवस्था छैन । “पश्चिमपट्टि पानीको बहाव धेरै छ । पानीको सतह घटेपछि नगरपालिकाको जेसिबी प्रयोग गरी बाँध निर्माणको काम अघि बढाइनेछ”, उनले भने ।
कमला नदीमाथिको पुल निर्माणमा भएको चरम ढिलाइले स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । पुल निर्माण नहुँदा बर्खायाममा ज्यान जोखिममा राखेर डुङ्गा चढ्नुपर्ने वा घण्टौँ घुमेर पूर्वपश्चिम राजमार्गको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलद्धारा आज थप ३ वटा अध्यादेश जारी भएको छ ।
राष्ट्रपति कार्यालयद्धारा आज जारी विज्ञप्तिमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, ०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३ जारी भएको उल्लेख गरिएको छ ।
आज केही कानुनविद् र राष्ट्रपतिबिच शितलनिवासमा छलफल चलेको थियो । सरकारले अन्य केही अध्यादेश पनि जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
सिफारिस गरेका मध्ये बैशाख १७ गते सहकारी ९पहिलो संशोधन० अध्यादेश–२०८३, सार्वजनिक खरिद ९दोस्रो संशोधन० अध्यादेश–२०८३, बैशाख १८ गते सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ्ग० निवारण ९तेस्रो संशोधन० अध्यादेश–२०८३ जारी भईसकेका छन् ।
बाँकी अध्यादेशबारे भने राष्ट्रपति पौडेलले अध्ययन गरिरहेका छन् ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले United International University (UIU) मा अध्ययन गर्न छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।
गत बिहीबार एक सुचना जारी गर्दै नेपाली राजदुतावास ढाकाबाट UIU मा पुर्ण छात्रवृत्तिमा अध्ययनका लागि २ जनाको सिट रहेको र सो को लागि मनोनयन गर्न आवेदन दिन उक्त सुचना जारी गरेको हो ।
यो छात्रवृत्ति योजनामा विद्यार्थीहरुले BSC in Data Science मा अध्ययन गर्न पाउने छन् ।
छात्रवृत्तिसम्बन्धी नियमावली २०६० को नियम १० (क) बमोजिम १ सिट खुला तथा १ सिट महिलाका लागि तोकिएको र योग्यता पुगेका इच्छुक नेपाली विद्यार्थीहरूले मिति २०८३/०१/१८ देखि २०८३/०१/२५ भित्र अनलाईन आवेदन दिनुपर्ने मन्त्रालयले जनाएको छ ।
आवेदन दिनका लागि आवश्यक न्यूनतम् योग्यता कक्षा १२ उत्तीर्ण गरेको तथा त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान गणित विज्ञान स्कुलबाट स्नातक तहको Data Science विषयको Enterance Result/ Score Card प्राप्त गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।
आवेदन गर्ने गुगल लिंक https://forms.gle/U2cNGFkthMnyte8A रहेको छ ।
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच शिष्टाचार भेटवार्ता भएको छ ।
शुक्रबार दिउँसो अर्थ मन्त्रालयमा मन्त्री वाग्ले र गोरबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको अर्थ मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
उक्त बैठकमा अर्थ सचिव डा. घनश्याम उपाध्याय, नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत श्री स्कट अर्वम, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका पदाधिकारी एवं अमेरिकी कूटनीतिक प्रतिनिधिहरूको समेत उपस्थति रहेको थियो।
काठमाडौं । रोल्पा जिप दुर्घटनाको ३ दिनपछी एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकार देशभरकै सडक सुधार्न प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।
२० जना नागरिकको ज्यान जानेगरि भएको उक्त दुर्घटनाको छानबिन समितिले पेस गर्ने प्रतिवेदनका आधारमा सडक दुर्घटना न्यूनिकरणका लागि आवश्यक नितिगत तथा संरचनागत सुधार गर्न सरकार दृढताका साथ अघि बढ्नेछ, विज्ञप्तिमा भनिएको छ ।
“समितिको प्रतिवेदन प्राप्त हुनासाथ त्यसका निष्कर्ष र सुझावहरूलाई तत्काल कार्यान्वयनमा लैजान तथा देशभरकै सडक सुरक्षा प्रणालीमा आवश्यक नीतिगत र संरचनागत सुधार गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पूर्ण प्रतिवद्धछ ।
सडक दुर्घटना नागरिकको जीवन र परिवारको भविष्यसँग जोडिएको अत्यन्तै गम्भीर विषय भएकोले यसमा देखिएका प्राविधिक तथा मानवीय कमजोरी सुधार्न कार्यालय दृढताका साथ अघि बढ्नेछ ।” विज्ञप्तिमा उल्लेख छ ।
रोल्पा। गत बैशाख १७ रोल्पाको थवाङ गाउँपालिका-१, सल्यापमा २० जना नागरिकको ज्यान जाने गरी भएको जिप दुर्घटनाको छानविनका लागि गठित समितिलाई दिइएको ३ दिनको समयावधि आज समाप्त हुँदैछ।
घटना घटेकै दिन सूक्ष्म छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्माननीय प्रधानमन्त्रीज्यूके नेतृत्वमा रहेको गृह मन्त्रालयले तत्कालै लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर,दाङका प्रहरी उपरीक्षकको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गर्ने निर्णय गरेको थियो।
छानविन समिति गठन भए लगत्तै गृह मन्त्रालयले सोही दिन आधिकारिक प्रेस विज्ञप्ति जारी गरी घटनाको विस्तृत विवरण प्रस्तुत गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको थियो। सोही विज्ञप्तिमार्फत घटनाको निष्पक्ष छानविनका लागि गृह मन्त्रालयले समिति गठन गरेको जानकारी समेत सार्वजनिक गरेको थियो ।
छानविन समितिमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक यादव ढकालको संयोजक, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी बल रोल्पाका सशस्त्र प्रहरी नायब उपरीक्षक र जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रशासकीय अधिकृत सदस्य रहेका छन् ।
रुकुमबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जिप दिउँसो करिब २:५० बजे कच्ची सडकबाट करिब ८ सय मिटर तल खस्दा २० जनाको मृत्यु भएको थियो भने १ जना घाइते भएका थिए ।




