२०८३ भाद्र १६ मंगलवार
Search
२०८३ भाद्र १६ मंगलवार

युएईसँग नेपाल ६ विकेटले पराजित

काठमाडौँ । कीर्तिपुर र‌गशालामा भएकाे टी २० आई सिरिज अन्तरगत पहिलो खेलमा नेपाल पराजित भएको छ । साेमबार सम्पन्न खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको हो ।

१० ओभरमा ७८ रनकाे लक्ष्य पाएकाे युएइले ८‍.५ ओभरमा ४ विकेट गुमाउदै पुरा गरेकाे थियाे । 

साे खेलमा कप्तान मुहम्मद वसिमले सर्वाधिक ३३ रन जोडे। १५ बल खेलेका उनले ३ चौका तथा ३ छक्का प्रहार गरे । यस्तै अलिशान शराफुले १८ तथा अक्षदीप नाथले अविजित १७ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले २ ओभरमा ८ रन खर्चेर तीन विकेट लिए । यस्तै कुशल मल्लले एक विकेट हात पारे ।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन जोडेको अवस्थामा खेल रोकिन पुगेको थियो । वर्षाकाे कारण खेल प्रभावित भएपछि त्यसलाइ डिएल मेथर्डका १० ओभरमा झारिएकाे थियाे । 

उक्त सिरिजकाे अन्तिम खेल आज हुनेछ । 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।