२०८३ भाद्र १६ मंगलवार
Search
२०८३ भाद्र १६ मंगलवार

डिसहोम इन्टरनेटद्वारा नयाँ अभियान SOD सुरु

काठमाडौं । डिसहोम इन्टरनेटले “Service on Door- SOD” अभियान सुरुवात गरेको छ ।

डिसहोम इन्टरनेटले आफ्ना इन्टरनेट सेवाहरूलाई अझ सहज, छरितो र ग्राहक केन्द्रित बनाउने उद्देश्यका साथ “SOD अभियान औपचारिक रूपमा सार्वजनिक गरेको सोमबार जनाएको छ । उक्त अभियान बागमती प्रदेशअन्तर्गत थानकोट, चन्द्रागिरी क्षेत्रबाट माघ १५ गतेदेखि संचालन गरिएको थियाे ।

यस अभियानअन्तर्गत ग्राहकहरूले डिसहोम इन्टरनेटको सेवा जडान तथा सम्बन्धित प्राविधिक सेवा आफ्नै घरमै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । ग्राहकको समय र सुविधालाई प्राथमिकतामा राख्दै, कम्पनीका दक्ष प्राविधिक टोलीहरू घरमै पुगेर सेवा प्रदान गर्नेछन् ।

“SOD” अभियान काठमाडौं उपत्यकाबाट सुरु भई चरणबद्ध रूपमा देशका अन्य क्षेत्रहरूमा समेत विस्तार गरिने र यस अभियानमार्फत ग्राहकहरूले वार्षिक रिचार्ज गर्दा विशेष छुट तथा अतिरिक्त सुविधाहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।