दाङ । लुम्बिनी प्रदेश सरकारले बुधबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।


सोमबार आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रदेश सचिव लोक बहादुर सुनारद्वारा जारी सुचनामा माघ २१ गते बुधबार प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाईएको छ ।















