२०८३ भाद्र १६ मंगलवार
Search
२०८३ भाद्र १६ मंगलवार

सुदुरपश्चिमेली समाजको नवौं वार्षिकोत्सव चेन्नईमा सम्पन्न

चेन्नई, भारत । दक्षिण भारतको चेन्नईमा बसोबास गर्दै आएका सुदुरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदुरपश्चिमेली समाजको ९औँ वार्षिक उत्सव भव्य रुपमा आईतबार सम्पन्न भएको छ ।

“सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली” भन्ने नाराका गठन भएको यस संस्थाले मुख्यतया पश्चिम नेपालको भाषा, कला, भेषभुषा तथा सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्वन गर्ने उद्देश्यले राखेको आयोजक पक्षले जनाएको छ ।

उक्त कार्यक्रममा समाजका अध्यक्ष सुरेश तिखातरी, सचिव नरेन्द्र वि.क., अतिथि मानबहादुर साउद, सुदुरपश्चिमेली खड्का समाजका अध्यक्ष लालबहादुर खड्का लगायत समाजका सदस्यहरू तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूल आ-आफ्नो धारणा व्यक्त गरेका थिए । 

कार्यक्रममा विशेष अतिथिका रूपमा प्रवासी नेपाली सम्पर्क मञ्च तमिलनाडुका सह-महामन्त्री यादव प्रसाद पाण्डे तथा नेपाली एकता समाज तमिलनाडुका अध्यक्ष हेमराज रिजाल, नेपाली समाज तमिलनाडु–पुडुचेरीका अध्यक्ष चन्द्र महराको समेत उपस्थिति रहेको थियो ।

उत्सवका अवसरमा सुदुरपश्चिम प्रदेशको मौलिक संस्कृति झल्काउने सांस्कृतिक नृत्य, गीत-संगीत तथा विविध प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो । साथै समाजले हालसम्म सञ्चालन गरेका सामाजिक, सांस्कृतिक तथा सहयोगात्मक गतिविधिहरूबारे जानकारी गराउँदै आगामी कार्ययोजनाबारे समेत छलफल गरिएको थियो ।

कार्यक्रमा उपस्थित सम्पूर्ण अतिथि, कलाकार, आयोजक समिति तथा सहभागी सबैप्रति आयोजक पक्षले धन्यवाद व्यक्त गरेको छ । 

समाजले आगामी दिनमा पनि प्रवासी नेपालीहरूबीच एकता, सद्भाव र सहयोगको कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।