२०८३ भाद्र १६ मंगलवार
Search
२०८३ भाद्र १६ मंगलवार

कास्की । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले शुक्रबार नमुना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन्। कलेजको सभाकक्षमा सम्पन्न कार्यक्रममा दुईवटा सेक्सनका ६९ जना विद्यार्थीहरूले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतीकरण गरेका थिए।

विद्यार्थीहरूको समूहले फ्लाई दुबईले पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको, पोखरा पर्यटन परिषद्‌ले रोपाइँ महोत्सव आयोजना गरेको र पोखरा उद्योग वाणिज्य सङ्घले रोजगार मेला आयोजना गरेको विषयमा नमुना पत्रकार सम्मेलन प्रस्तुत गरेका थिए। त्यसै गरी पसल डट कमको सेवा विस्तार, साइमेक्स इन्कर्पोरेसनको विद्युतीय गाडी आयातको विवाद र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत पक्राउको विषयवस्तुमा समेत विभिन्न भूमिकामा प्रस्तुत भई अभ्यास गरेका थिए।

बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरूले कार्यक्रममार्फत मिडियासँग समन्वय गर्ने सीप सिकेको कलेजका प्राचार्य लीना नेगी श्रेष्ठले बताउनुभयो ।

यस कार्यक्रमबाट कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ति तयार गर्न सिकेको विषय शिक्षक सुवास मल्लले जानकारी दिनुभयो।

कार्यक्रममा पत्रकारहरू भरत कोइराला, शोभाकान्त सिग्देल र मन क्षेत्रीले विद्यार्थीहरूको प्रस्तुतीकरणमा टिप्पणी तथा मूल्याङ्कन गर्नुभएको थियो। पोखरामा लामो समयदेखि पत्रकारिता गरिरहनुभएका पत्रकारहरूबाट आफ्नो नमुना पत्रकार सम्मेलनमा पृष्ठपोषण पाउँदा वास्तविक सिकाइ भएको कार्यक्रममा सहभागी विद्यार्थी शोयम शर्माले बताउनु भयो।

पोखरा कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी पोखरामा व्यवस्थापन सङ्कायमा अध्ययन अध्यापन गराउँदै आएको छ। हाल कलेजमा दिवा तथा बिहानी सत्रमा ६ सय बढी विद्यार्थीहरू बिबिए, बिबिए फाइनान्स र बिसिएसआइटी कार्यक्रममा अध्ययन गरिरहेका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।