२०८३ भाद्र १६ मंगलवार
Search
२०८३ भाद्र १६ मंगलवार

कैलाली । कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नं. १ घरखेडास्थित गाउँपालिका खेल मैदानमा आयोजित पाँचौँ चुरे गाउँपालिका स्तरीय अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८३ भव्य रूपमा सम्पन्न भएको छ।

सामाजिक विकास समिति संयोजक श्री प्रेमबहादुर साउदको अध्यक्षता, चुरे गाउँपालिका अध्यक्ष श्री चक्रबहादुर बोगटीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष श्री धनादेवी थापाको विशिष्ट आतिथ्यतामा सञ्चालन भएको उक्त प्रतियोगिता जेठ २९ गतेदेखि ३१ गतेसम्म सञ्चालन भएको थियो।

प्रतियोगितामा पुरुषतर्फ १० टोली तथा महिलातर्फ ७ टोलीको सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक खेलमा पुरुषतर्फ चुरे गाउँपालिका वडा नं. १ ‘ए’ प्रथम, वडा नं. ६ ‘ए’ द्वितीय तथा आयोजक टोली तृतीय भएको छ। त्यसैगरी महिलातर्फ वडा नं. ५ प्रथम, वडा नं. ६ ‘ए’ द्वितीय तथा वडा नं. १ ‘ए’ तृतीय भएको आयोजकले जनाएको छ।

प्रतियोगिताका विजेता टोलीहरूलाई पुरुष तथा महिला दुवैतर्फ प्रथम पुरस्कार रु. ७७,७७७, द्वितीय पुरस्कार रु. ५५,५५५ तथा तृतीय पुरस्कार रु. ३३,३३३ प्रदान गरिएको थियो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत सम्मान गरिएको थियो। पुरुषतर्फ उत्कृष्ट खेलाडी अर्जुन साउद (वडा नं. १ ‘ए’), उत्कृष्ट स्पाइकर विमल सापकोटा (आयोजक टोली), उत्कृष्ट डिफेन्डर सरोज ठगुन्ना (वडा नं. १ ‘ए’), उत्कृष्ट सेटर रामलाल ठगुन्ना (वडा नं. ६ ‘ए’), उत्कृष्ट सर्भर दानबहादुर मलामी (आयोजक टोली) तथा उत्कृष्ट ब्लकर गणेश साउद (वडा नं. १ ‘ए’) घोषित भए।

त्यसैगरी महिलातर्फ उत्कृष्ट खेलाडी दीक्षा जोशी (वडा नं. ५), उत्कृष्ट स्पाइकर पूर्णिमा विक (वडा नं. ६ ‘ए’), उत्कृष्ट डिफेन्डर रीमा रोका मगर (वडा नं. १ ‘ए’), उत्कृष्ट सेटर सविता लामा (वडा नं. ५), उत्कृष्ट सर्भर विमला कार्की (वडा नं. ६ ‘ए’) तथा उत्कृष्ट ब्लकर दीक्षा जोशी (वडा नं. ५) घोषित भइन्।

महिला तथा पुरुषतर्फ गरी जम्मा १२ जना खेलाडी उत्कृष्ट घोषित भएका थिए। गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, खेलप्रेमी तथा स्थानीय दर्शकहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।