
काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँ बढेसँगै ३ लाख नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँ बढेको हो । हिजो प्रतितोला ४ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ४५ रुपैयाँमा पुगेको छ ।
पाल्पा । रिब्दीकोट गाउँपालिका वडा नं. ८, पेलाचौरमा रहेको ताल्तुङ्ग मा.वि.ले आफ्नो ५२औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न गरेको छ ।
आईतबार विद्यालय प्राङ्गणमा एक भव्य समारोहबिच वार्षिकोत्सव मनाईएको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर कामीको अध्यक्षता, प्रमुख अतिथि पाल्पा क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य सांसद माननीय डा. माधव बहादुर थापा, विशिष्ट अथिति रिब्दीकोट गाउँपालिकाका प्रमुख नारायण बहादुर कार्की, वडा अध्यक्ष चुरा बहादुर छहरी, वडा सदस्य मोहनसिंह राना, प्रधानाध्यापक रिता कुमारी राना लगायत विभिन्न समिति मा रहनु भएका पुर्व तथा वर्तमान पदाधिकारीहरु ,अक्षयकोष दाताहरू, छिमेकी विद्यालयका शिक्षकहरु , यस बिद्यालयमा अध्यापन गराउनु भएका पुर्ब र वर्तमान शिक्षकहरु, सम्पुर्ण अभिभावक ज्यु हरु तथा विद्यार्थी भाइबहिनीहरुको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा वक्ताहरुले विद्यालयलाई शुभकामना तथा विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गर्दै विद्यालयको शिक्षालाई अझै गुणस्तरीय र व्यवहारिक बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । शिक्षक, अभिभावक तथा सरोकारवाला निकायको संयुक्त पहलबाट यस विद्यालयलाई नमुना विद्यालयको रुपमा विकसित गर्दै लैजान सकिने राय प्रस्तुत गरिएको थियो ।
सो कार्यक्रममा विशिष्ट अतिथि नारायण बहादुर कार्कीले रु. एक लाखको अक्षयकोषको पनि स्थापना गर्नुभएको छ । साथै अन्य दाताहरुले पनि विद्यालयलाई आफु सक्दो सहयोग गरि योगदान दिनुभएको छ ।

कार्यक्रममा विद्यार्थीहरुले मौलिक पोशाक सहित सांस्कृतिक कला, नृत्य प्रदर्शन गरेका थिए । विद्यालयमा वार्षिकोत्सवको अवसर पारेर विभिन्न खेल तथा प्रतियोगिता संचालन गरिएका थिए । उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण, अक्षय कोष छात्रावृत्ति वितरण तथा विद्यालयलाई योगदान दिनुभएका व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।
साथै यस विद्यालयमा अध्यापन गराउनु भएका पुर्ब शिक्षकहरु निरज अर्घाली र कुल बहादुर राना लाई बिदाइ तथा सम्मान कार्यक्रम गरिएकाे थियाे ।
उक्त विद्यालयमा करिब २०० विद्यार्थी अध्ययनरत छन् ।
काठमाडौँ । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुदैछ । कक्षा १२ को आजदेखि सुरु हुने परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।
बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० जना विद्यार्थी सहभागी हुँदै छन् । २०७९ यताका विद्यार्थी आंशिक परीक्षामा सहभागी हुने बोर्डले जनाएको छ । त्यस्तै जापानको एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।
आज देखि सुरु हुने परीक्षा वैशाख २७ गते सकिने समय तालिका छ ।
उत्तर पुस्तिका परीक्षण गत वर्षजस्तै बोर्डले तोकेको परीक्षण केन्द्रमा गरिने र ४५ दिन भित्र नतिजा निकाल्ने गरी बोर्डले तयारी गरेको बताएको छ ।
पाल्पा। १८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियगमा रैनादेवी छहरा गाउँपालिका-४ किउरिखर्क बस्ने ६५ वर्षीय धन बहादुर घर्ति मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
धन बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, नेपाल सरकारले सुरू गरेको सुकुम्वासी/भूमिहीन व्यवस्थापन प्रक्रियामा उनीहरूको उज्जवल भविष्य, सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चित गर्नका लागि नेपाल प्रहरी मानवीय संवेदनशीलता सहित परिचालित भएको छ ।
नेपाल सरकारले सुरू गरेको महत्वपूर्ण पहल अन्तर्गत अग्रपंक्तिमा रहेर नेपाल प्रहरीले अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्दै काठमाडौं उपत्यकाका थापाथली, गैरीगाउँ, मनोहरा खोला किनार लगायतका विभिन्न स्थानमा रहेका अव्यवस्थित रूपमा रहेको सुकुम्वासी बस्तीको व्यवस्थापनको कार्य गरिरहेको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्की तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक इश्वर कार्कीले अव्यवस्थित रूपमा रहेको सुकुम्वासी बस्तीको व्यवस्थापन कार्यको स्थलगत अवलोकन गर्नुभई त्यसबारे जानकारी समेत लिनुभएको थियो ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार वास्तविक पीडितको न्याय, अधिकार र सुरक्षित आवास सहितको भविष्य सुनिश्चित गर्ने कार्यमा नेपाल प्रहरी सदैव प्रतिवद्ध रहँदै आएको छ । वास्तविक सुकुम्वासी/भूमिहीनहरू एक जुट भएर राज्यले गर्न लागेको व्यवस्थापन कार्यमा सहयोग तथा सहकार्य गरी सुरक्षा निकायलाई समयमै सहि सूचना दिई आपसी सहयोग गरिदिनुहुन समेत नेपाल प्रहरी अनुरोध गरेकाे छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अतिक्रमित जग्गा फिर्ता ल्याउन ३५ दिनको सूचना जारी गरेको छ ।
सामान्य प्रशासन महाशाखा प्रमुख राजबहादुर राईका अनुसार १८ वटा संघ, संस्था र संगठनलाई ३५ दिनभित्र खाली गर्न पत्र काटिएको छ । उनका अनुसार, जग्गा खोजबिन समितिको प्रतिवेदन अनुसार पत्र काटिएको हो ।
‘वैशाख ४ मा सार्वजनिक सूचना नै जारी गरिसकेका छौं । त्यसपछि संघ संस्था र संगठनलाई पत्र पनि काटिएको छ,’ उनले भने ।
सोही अन्तर्गत क्रिकेट रगंशाला पनि परेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) र त्रिवि बिच रंगशाला प्रयोगको सम्झौता यहि बैशाख मसान्तमा सकिँदै छ । अब उक्त सम्झौता नविकरण नगर्ने मनसायमा त्रिवि पुगेको छ ।
ठुलाठुला खेल संचालन गर्दा लामो समयसम्म अध्ययन अनुसन्धानमा असर पर्ने गरेकोले अब सम्झौता नगर्ने पक्षमा त्रिवि पुगेको बताईएको छ ।




