
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १७ बिन्दुमा कायम भएको छ ।
आज ३४२ कम्पनीको एक करोड ७५ लाख ८८ हजार ८५४ कित्ता शेयर एक लाख २१ हजार ४३३ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैङ्किङ शून्य दशमलव १३, वित्त समूह शून्य दशमलव ५८, लगानी शून्य दशमलव ०९, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५ र निर्जीवन बिमा शून्य दशमलव ३८ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ ।
विकास बैङ्क शून्य दशमलव २७, होटल तथा पर्यटन दुई दशमलव ३६, जलविद्युत् शून्य दशमलव ०६, जीवन बिमा शून्य दशमलव २५, लघुवित्त शून्य दशमलव १५, म्युचुअल फन्ड शून्य दशमलव ४०, व्यापार एक दशमलव १० र अन्य समूह शून्य दशमलव ०३ प्रतिशतले घटेको छ ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङको राजीनामालगत्तै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सुरक्षा संठगन प्रमुखहरूलाई सिंहदबार बोलाएका छन् ।
प्रधानमन्त्रीको निर्देशनपछि नेपाल प्रहरी सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू प्रधानमन्त्री कार्यालय सिंहदबार पुगेका छन् । मन्त्रीपदबाट राजीनामा दिनुअघि प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सुधन गुरुङबीच पनि भेट भएको थियो ।
राजीनामालगत्तै प्रधानमन्त्री बालेनले पनि सुरक्षा संगठन प्रमुखहरूलाई भेटका लागि सिंहदबार बोलाएका हुन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्।
विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै उनले नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका हुन्।
राजीनामा दिँदै उनले भनेका छन्, “सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।”
उनले देखाएकाे नैतिकतालाइ धेरैले प्रशंसा गरेका छन् ।




