
काठमाडाैं । बिहानीको कफी होस् वा व्यावसायिक बैठक अनि जमघट वा साँझको आराम, अब कफीको प्रत्येक चुस्कीले एनसेल ग्राहकहरूलाई अझ धेरै नजिक ल्याउनेछ । एनसेल र हिमालयन जाभा कफीबिचको सहकार्यमा नयाँ वर्ष २०८३ देखि सुरु भएको विशेष अफरअन्तर्गत एनसेल ग्राहकहरूले देशभरका सबै हिमालयन जाभा कफी आउटलेटमा प्रिमियम कफी, पेय पदार्थ र खानेकुरामा विशेष छुट पाउन सक्ने भएका छन् ।
हालै मात्र एनसेल र हिमालयन जाभा कफीबिच यो साझेदारीका लागि सम्झौता भएको छ । यो साझेदारीले ग्राहकहरूको भेटघाट, बैठक र जमघटलाई थप रमाइलो र अर्थपूर्ण बनाउनेछ । रु ४९९ वा सोभन्दा माथिका योग्य प्याक प्रयोग गर्ने सबै ग्राहकहरूले एक कफ कफी खरिद गर्दा अर्को एक कप निःशुल्क प्राप्त गर्ने छन् । त्यति मात्रै होइन तेस्रो कप कफी खरिदमा उनीहरूले ३० प्रतिशत छुट प्राप्त गर्ने छन् ।
त्यसै गरी २५ वर्ष वा सोभन्दा कम उमेरका युवा तथा एनसेल प्रयोग गर्ने पर्यटकहरूले रु. ९९ वा सोभन्दा माथिको योग्य प्याक प्रयोग गर्दा सबै किसिमका खानेकुरा तथा पेय पदार्थमा २० प्रतिशत छुट पाउनेछन् । यसबाहेक रु. ९९ वा सोभन्दा माथिको प्याक चलाउँदै गरेका वा रेन्टल प्लानमा सक्रिय रहेका सबै एनसेल प्रयोगकर्ताले हिमालयन जाभाका खानेकुरा तथा पेय पदार्थहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यो छुट अफरबारे आफ्नो उत्साह साट्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने, “सम्बन्धहरूलाई राम्रा अनुभवहरुका साथ झन् प्रगाढ बनाउनुपर्छ भन्नेमा हामी विश्वास गर्दछौं। हिमालयन जाभा कफीसँगको यो साझेदारीमार्फत हामीले हाम्रा ग्राहकहरूलाई व्यस्त दैनिकीबाट केही समय निकाल्न, एक अर्कासँग जोडिन अनि जीवनका साना–साना खुसीहरू साट्न थप कारण दिइरहेका छौं । यो अफरले कफीको हरेक कपलाई अझ अर्थपूर्ण बनाँउछ ।”
यो अफर उपयोग गर्न निकै सहज छ । कुनै पनि किसिमको दर्ता प्रक्रियाको झन्झट ग्राहकहरूले लिन पर्दैन । मात्र एनसेलको सक्रिय योग्य प्याक वा रेन्टल प्लान भएको हुनुपर्छ । छुट प्राप्त गर्नका लागि ग्राहकले एनसेल एपमा गएर ‘पार्टनर्ड सर्भीसेस’ भित्र रहेको ‘हिमालयन जाभा कफी’ छानेर छुट अफरका लागि आफ्नो व्यक्तिगत योग्यता हेर्न सक्छन् । एउटा बिलमा एउटा मात्र छुट लागू हुन्छ र ग्राहकको योग्यताका आधारमा उपलब्ध सबैभन्दा धेरै छुट स्वतः लागू हुन्छ ।

“एनसेलसँगको यो साझेदारीमा नेपालभरका कफी प्रेमीहरूलाई रोमाञ्चक अफरहरू ल्याउन पाउँदा हामी निकै उत्साहित छौं । हिमालयन जाभाको प्रिमियम कफी प्रतिको लगाव र एनसेलको अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने प्रतिबद्धतालाई यो सहकार्यले बढवा दिएको छ,” हिमालयन जाभा कफीका संस्थापक आनन्द गुरुङले भने।
यो योजनाको लाभ लिन ग्राहकले अर्डर दिने बेला एनसेल एपको ‘लाइभ’ स्क्रिन हिमालयन जाभाका कर्मचारीहरूलाई देखाउन पर्छ, स्क्रीनसट मान्य हुँदैन । प्याक सक्रिय रहेको अवधिभर यो अफरको फाइदा पटक–पटक लिन सकिन्छ ।
यो सहकार्यले ग्राहकहरूलाई आफूले चलाउँदै आएको प्लानमा कुनै परिवर्तन नगरी थप सुविधा उपलब्ध गराएको छ । योजनाको बारेमा थप विवरण र तथा लागु हुने सर्तहरू एनसेलको वेबसाइट वा एनसेल एपबाट प्राप्त गर्न सकिन्छ ।
रुपन्देही । रुपन्देहीका विभिन्न स्थानमा नेपाली नक्कली नोटको अवैध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले निगरानीका क्रममा उनीहरूलाई रु. १ हजार दरका २१ थान नक्कली नेपाली नोटसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार चैत २२ गते सिद्धार्थनगर नगरपालिका–५ भैरहवा क्षेत्रबाट तथा चैत २६ गते सैनामैना नगरपालिका–१० भच्कैया क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–२ का ३६ वर्षीय विष्णु श्रेष्ठ, नवलपरासी (पूर्व) देवचुली नगरपालिका–१५ का २८ वर्षीय मुक्ति प्रसाद खनाल (सुजन खनाल), सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–८ का ३५ वर्षीय रोल बहादुर श्रेष्ठ र काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–९ का ५३ वर्षीय दीपेन्द्र थापा रहेका छन् ।
काठमाडाै । शुद्धीकरणको कसुरमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश गरेको छ ।
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहिबार नेता खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ थुनामुक्त गर्न आदेश दिएको हो ।
सोमबार राजस्व अनुसन्धान विभागले नेता खड्कालाई तीन दिन हिरासतमा राख्न अनुमति लिएको थियो । नेता खड्कालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत गत चैत १५ गते पक्राउ गरेको थियो ।
काठमाडाै। मातातिर्थ औैसी (आमाको मुख हेर्ने पर्व)आज देशभर मनाइदै छ । हरेक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनलाइ याे विशेष अवसरका रुपमा मनाउने चलन छ ।
आफ्नाे जन्मदिने आमालाइ मिठामिठा खानेकुरा, नयाँ कपडा, विभिन्न काेसेली दिइ आशीर्वाद लिइ याे पर्व मनाउने गरिन्छ ।
आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
आजै यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा भव्य मेला लाग्ने गर्छ ।
काठमाडौँ- उपत्यका विकास प्राधिकरण काठमाडौँका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध रु १० करोड ५४ लाख ९५ हजार ८७१ भ्रष्टाचार गरेको आरोपमा बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०४४ सालदेखि २०७८ सालसम्मको अवधिमा गरिएको आयव्यय विवरणमाथिको अनुसन्धानका क्रममा तिवारीको आयभन्दा व्यय धेरै देखिएकाले हिनामिना गरेको आरोपमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
उनका अनुसार सो अवधिमा कुल १४ करोड ५१ लाख ९१ हजार ३५६ रूपैयाँ वैधानिक आय आर्जन गरेको देखिएको जनाएको छ।
सोही जाँच अवधिमा व्ययतर्फ अध्ययन खर्च ऋणसापटी लगानी रकम कम्पनीमा लगानी रकम, घर खरिद/निर्माण खर्च, जग्गा खरिद खर्च, घरजग्गा बिक्री लाभकर जीवन बीमा प्रिमियम भुक्तानी, विद्युतीय उपकरण खरिद, सेयर खरिद, सामाजिक व्यवहार खर्च, हीराको हार खरिद, बहालकर भुक्तानी, छोरीको नाममा घर खरिद, विभिन्न व्यक्तिहरूलाई बैंक खाताको चेकबाट भुक्तानी खर्च, विवाह खर्च, सहकारी संस्थालाई भुक्तानी र अनुसन्धान जाँच अवधिको अन्तिम बैंक मौज्दातसमेत कुल २५ करोड छ लाख ८७ हजार २२७ रूपैयाँ लगानी तथा खर्च गरेको पाइएको अख्तियारले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
उनले प्रचलित कानुनबमोजिम पेस गरेको सम्पत्ति विवरणसँग अमिल्दो तथा अस्वाभाविक देखिन आएको जनाइएको छ।
तिवारी सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरूपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती तथा छोरीका नाममा समेत रहेको देखिँदा श्रीमती मीनादेवी तिवारी र छोरी मीरा तिवारीउपर पनि स्रोत खनुल्ने सम्पत्ति जफतका लागि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ।




