
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले दुई दिने अन्तरराष्ट्रिय सम्मेलन गर्ने भएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसर मोरङको गोठगाउँमा हुने सो सम्मेलन यही माघ २९ देखि आगामी फागनु १ गतेसम्म हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
‘हिमालयको भविष्यको परिकल्पनाः दिगोपन र विकासको बाटो’ विषयक सम्मेलनमा नेपाल, भारत, नर्वे, युक्रेन, थाइल्यान्ड, दक्षिण अफ्रिका, बङ्गलादेश, अमेरिकालगायत १२ देशका प्राज्ञ, नीतिनिर्माता, अनुसन्धनकर्ता तथा विद्यार्थी गरी ३०० भन्दा बढीको सहभागिता रहने बताइएको छ ।
सम्मेलनका संयोजक एवं विश्वविद्यालयका इन्जिनियरिङ सङ्कायका डिन प्राडा भोलानाथ शर्मा घिमिरेका अनुसार १५० सहभागीले आफ्नो अध्ययन–अनुसन्धानपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । प्रस्तुत गरिएका विषयमा छलफल हुने उनले बताए ।
स्राेत: राष्ट्रिय समाचार समिति (रासस)
काठमाडौं, चन्द्रागिरी नगरपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम, नियन्त्रित लागूऔषध डाईजेपाम ५२ एम्पुल, बुप्रेनोर्फिन २३ एम्पुल, फेनारगन २३ एम्पुल र नगद २५ हजार ४ सय ६५ रूपैयाँ सहित धनकुटा घर बताउने २२ वर्षीय राजु राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी महोत्तरी, बर्दिबास नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५१ ग्राम ९ सय २० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिबास नगरपालिका-१ डेरा गरी बस्ने धनुषा क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर घर भएका ३१ वर्षीय सुनिल कुमार थिङ तामाङ र सर्लाही ईश्वरपुर नगरपालिका-५ बस्ने २८ वर्षीय महमद गफार अंसारी रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको ज.९ प २४१२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-२ गुप्तीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ८ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय जित बहादुर रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका-२ त्रिशुल चोक डेरा गरी बस्ने बाह्रदशी गाउँपालिका-६ घर भएका २५ वर्षीय दिपक कार्की समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले दिपकको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-१२ मिलनचोकबाट अवैध लागूऔषध गाँजा १५ किलोग्राम सहित मकवानपुर राक्सिराङ गाउँपालिका-६ बस्ने ४५ वर्षीय चन्द्रबहादुर प्रजालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नारायणगढ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ तिनकुनेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-५ बस्ने २० वर्षीया सोनिका तामाङ समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सिन्धुली, दुधौली नगरपालिका-११ राजाबासबाट नियन्त्रित लागूऔषध NITZASCEN ३ सय ८९ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय बाल कुमार मगर समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरको हो ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित सोही उपमहानगरपालिका-४ कर्रा बस्ने २८ वर्षीय एन्जल दाहाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ७८२ नम्बरको ईभी गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन नजिकिँदै गर्दा पनि देश असहज परिस्थितिमा रहेको बताएका छन् ।
नेकपा माओवादीका नेताहरूलाई पार्टीमा स्वागत गर्दै उनले देशमा अझै अर्को दुर्घटना हुनसक्ने बताए ।
उनले भने, ‘चुनाव त अगाडि छ तर यो चुनावले के दिन्छ भन्ने पनि कन्फ्युजन छ। हामी एकताबद्ध भएर देशव्यापी अभियानमा गएनौँ भने फेरि अर्को दुर्घटनातिर देश जानसक्छ।’
उनले एकताबद्ध भएर चुनावमा केन्द्रित हुन पार्टीपंक्तिलाई निर्देशन दिए।
मुम्बई, भारत । महारास्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा परि मृत्यु भएको छ ।
विमान इन्जिनमा आएकाे खराबीका कारण अवतरण गर्न नसकेर दुर्घटना भएकाे बताइएकाे छ । दुर्घटनाको समयमा विमानमा पाँच जना यात्री सवार थिए ।
अहिले पनि घटनास्थलमा आगोको मुस्लो देख्न सकिन्छ र दमकल सहितको टोलीले आगो निभाइरहेको छ ।
पवार छैठौ पटक महाराष्ट्रको उपमुख्यमन्त्री बनेका थिए । महाराष्ट्रलाइ नेतृत्व गरेर अगाडि बढेको पवारको NCP (National Congress Party) मा राजनीतिक करियर अत्यन्तै राम्रो मानिन्थ्याे ।
उनी सन् 1991 मा बारामतीबाटै पवार पहिलोपटक संसद र सन् 1995 मा पहिलोपटक बारामतिको विधायक बनेका थिए ।
भारतीय समाचार माध्यमका अनुसार ६६ वर्षीय पवार जिल्ला परिषद् निर्वाचन अघि चारवटा सार्वजनिक सभालाई सम्बोधन गर्न बारामती जाँदै थिए ।




