
तनहुँ । तनहुँमा पृथ्वी राजमार्गमा ६ वटा गाडी ठोक्किएका छन् ।
तनहुँको बन्दीपुर गाउँपालिका-१ रिमाल्नीमा ६ वटा गाडीहरु आपसमा ठोक्किएका हुन् । त्यस क्रममा ४ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।
पोखराबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना ५ ख २०३४ नम्बरको बसले ग २ ख १३९० नम्बरको ट्रकलाई ठक्कर दिएपछि त्यसले ग ३ च ८३९० नम्बरको जिपलाई ठक्कर दिएको थियो ।
त्यसपछि जिपले ग १ ख ९५६१ नम्बरको बस, ना १ च ८४३४ नम्बरको जिप र ना २ ख ३७८९ नम्बरको माइक्रो बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
प्रहरीले सुरुमा ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ । ठक्कर लागेका सबै सवारी साधनमा क्षति पुगेको छ । दुर्घटनामा घाइते भएकाहरुको लक्ष्मी सिटी अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौं । घरेलु मैदानमा भइरहेको साफ यू–२० च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यमा रहेको नेपालले आज बंगलादेशसँग फाइनल खेल खेल्दैछ ।
फाइनल खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ः४५ बजे सुरु हुनेछ ।
सुरुमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–२० को फाइनल दशरथ रंगशालामा गर्ने तयारी गरे पनि दैनिक पानी परिरहेकाले फाइनल खेल पनि एन्फा कम्प्लेक्समै खेलाउन लागिएको हो ।
७ वर्षपछि नेपाल सामु फेरि च्याम्पियन बन्ने अवसर छ । यस पटक फाइनल प्रतिद्वन्द्वी बंगलादेश रहेको छ । बंगलादेशले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन ।
नेपाल ९ वर्षपछि पहिलो पटक फाइनल खेल्दैछ । पहिलो संस्करणपछि नेपाल पहिलो पटक फाइनल पुगेको हो ।
बंगलादेश भने तेस्रो पटक फाइनल खेल्न लागेको हो । यसअघि सन् २०१९ र २०२२ मा बंगलादेश फाइनल पुगेको थियो । तर दुवै पटक भारतसँग फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।
उमेर समूहको यस प्रतियोगितामा नेपाल अहिलेसम्म बंगलादेशसँग पराजित भएको छैन । त्यही इतिहासलाई कायम राख्ने नेपालको लक्ष्य छ ।




