२०८३ भाद्र १५ सोमबार
Search
२०८३ भाद्र १५ सोमबार

काठमाडौँ । विशेष अदालतले अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा लागेका पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्याललाई धरौटीमा छाड्ने आदेश दिएको छ।

आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीशहरू रामबहादुर थापा तथा रितेन्द्र थापाको इजलासले ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार अभियोग लागेका अर्याललाई ५० हजारमा रिहा गर्न आदेश दिएको हो।

पूर्वमुख्यसचिव अर्यालको पक्षमा  पूर्वकानूनमन्त्री गोविन्द बन्दी तथा नेपाल सरकारका पूर्वसचिवद्वय यादव कोइराला र कृष्णजीवी घिमिरेले बहस गर्नुभयो। 

अन्तःशुल्क स्टिकरको भ्रष्टाचार मुद्दामा उहाँ आइतबार अदालत उपस्थित हुनुभएको थियो। तत्कालीन मुख्यसचिवसहित ११ जनाविरुद्ध असार ९ गते भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको थियो। 

१ साउन, काठमाडौं । सत्ता समीकरण फेरिएसँगै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ मुक्त भइन्, विद्या भट्टराई नयाँ शिक्षामन्त्री भइन् ।

संयोग ! दुबै प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य हुन् । समितिको सदस्यका रुपमा दुबैले नेपालको शिक्षाका सम्बन्धमा एकै ठाउँमा रहेर प्रश्न गरिरहेका थिए, सुधारका उपाय पनि सुझाउँथे ।

२१ फागुन २०८० मा एमाले–माओवादी गठबन्धन बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना शिक्षामन्त्री भइन् । एमाले सांसद भट्टराईले मन्त्रीका रुपमा सुमनाले उठाएका कतिपय मुद्दामा साथ दिइन्, कतिपयमा प्रश्न गरिन् ।

‘थिति र विधि’ रहेर काम गर्नुपर्ने र संयुक्त सरकारको साझा अवधारणा मन्त्रीले कार्यान्वयन गर्ने भन्दै ‘एउटा दलको एजेण्डा बोकेर मन्त्री हिँड्न नमिल्ने’ बताउँथिन् ।

‘एक वर्षसम्म पैसा फिर्ता नगरेपछि उनीहरु पार्टीमा भन्न आएका रहेछन्’ रास्वपाका एक नेता भन्छन्, ‘पैसा फिर्ता भयो, हामी बयान दिंदैनौं भनेपछि यतिकै सकियो ।’

३ साउन, काठमाडौं । पार्टी र संसद् सचिवालयसँग असम्बन्धित मानिसलाई भिसाको लागि अन्तर्वार्ताको मिति मिलाइदिन भन्दै अमेरिकी दूतावासमा लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख इन्दिरा राना विवादमा परेकी छन् ।

उपसभामुख रानाले आफ्नो टोलीको सदस्य भन्दै ५ जनाको अन्तर्वार्ताको समय अगाडि सारिदिन काठमाडौंस्थित अमेरिकी दूतावाससँग ताकेता गरेको पाइएको हो ।

आफ्नो लेटरहेड प्रयोग गरी भिसाका लागि अन्तर्वार्ताको समय मिलाइदिन उनले आग्रह गरेकी छिन् । आफूसँगै अन्य पाँच जना पुरुषलाई भिसाका लागि सिफारिश गरेकी उपसभामुखले उनीहरु के भूमिकामा कार्यरत छन् भन्ने कुरा न चिठीमा खुलाएकी छन् न त अहिले चिठी सार्वजनिक भएपछि ।

सभामुख देवराज घिमिरेले विषय गम्भीर भएको बताएका छन् । उपसभामुख रानाले भने एक वर्ष पछाडि यो विषय किन उठाएको बुझ्न नसकेको प्रतिक्रिया दिएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद राना ७ माघ २०७९ मा उपसभामुख निर्वाचित भएकी थिइन् । अर्को महिना फागुनमा उनी यूएन वुमनको सीएसडब्लू ६७ (मार्च ६ देखि १७) मा सहभागी हुन अमेरिका गएकी थिइन् । महिलासँग सम्बन्धित कार्यक्रममा उनले किन पुरुषै पुरुषमात्र छानेर पठाउन खोजिन् भन्ने प्रश्नसमेत रहस्यमय देखिन्छ ।

उनले १४ फागुन (२६ फेब्रुअरी) मा दूतावासलाई लेखेको पत्रमा भनिएको छ, ‘म अनुरोध गर्न चाहन्छु कि सांसद र मेरा सहयोगी सदस्यहरूसँगै म पनि सँगै अन्तर्वार्ताको समय लिन चाहन्छु । किनभने कार्यक्रमको तालिका पनि निकट आइसकेको छ ।’

आफूसहित ६ जनाकै लागि यो कार्यक्रम असाध्यै महत्वपूर्ण भएको भन्दै उनले पत्रमा अघि लेखेकी छन्, ‘राष्ट्रसंघको निम्तोलाई म हृदयदेखि आभार व्यक्त गर्दछु र तपाईंको समन्वयमा आशावादी छु ।’

रास्वपामा गुपचुप

रास्वपा नेताहरूका अनुसार उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्रबारे पार्टीमा कुरा उठेको थियो । संगठन विभागका सचिव शंकर श्रेष्ठले सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले लगायत नेताहरूलाई यसबारे जानकारी गराएका थिए ।

त्यसपछि उपसभामुख रानालाई सोध्दा रास्वपा झापाका नेता उपेन्द्र गौतमलाई मात्र आफूले चिनेको र उनले भने अनुसार पत्र लेखेको उनको जवाफ थियो । उनीहरुको पासपोर्ट नम्बरका आधारमा अध्यागमन विभाग (त्यसबेला रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री थिए) मार्फत अमेरिका गए नगएको हेरिएको थियो । सोधखोज हुन थालेपछि उनीहरु अमेरिका नगएको खुल्यो ।

पार्टीले उपसभामुखको पत्रमा उल्लेख गरेका व्यक्तिबारे झिकाएर छलफल गर्न खोजेको थियो । तर उनीहरुले हाम्रो पैसा फिर्ता भइसक्यो भन्दै आउन अस्वीकार गरेपछि यो विषय गुपचुप रह्यो । ‘एक वर्षसम्म पैसा फिर्ता नगरेपछि उनीहरु पार्टीमा भन्न आएका रहेछन्’ एक नेता भन्छन्, ‘पैसा फिर्ता भयो, हामी बयान दिंदैनौं भनेपछि यतिकै सकियो ।’

पत्र चुहिएपछि विवाद

उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्र झण्डै १७ महिनापछि हालै मात्र सार्वजनिक भयो । आफ्नो टिमको सदस्य भन्दै भिसाका लागि लिने पत्रबारे सभामुख देवराज घिमिरेले चासो राखेका छन् ।

उनले सुरुमा उपसभामुखलाई सोधेका थिए, रानाले आफूले पत्र नलखेको दाबी गरिन् । ‘यदि हस्ताक्षर दुरुपयोग भएको हो भने किर्तेमा जानुस्, पत्र गलत भए सार्वजनिक गर्ने सञ्चारमाध्यम विरुद्ध प्रेस काउन्सिलमा उजुरी दिन भनेका थियौं’ सभामुख निकट स्रोतले भन्यो, ‘तर उहाँले केही गर्नुभएन ।’

सार्वजनिक रुपमै प्रश्न उठेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले सभामुखसँग चासो राखेका थिए ।

संसद्को क्यालेन्डरबारे छलफल गर्न सभामुखले बिहीबार प्रमुख सचेतक र सचेतकहरूलाई बोलाएका थिए । त्यो छलफलपछि प्रमुख सचेतक परियारले सभामुखलाई भेटेर ‘यो विषय र प्रक्रिया के हो’ भनेर सोधेका थिए । सभामुख घिमिरेले आफूलाई विस्तृत थाहा नभएको, तर विषय गम्भीर रहेको बताएका छन् ।

स्रोतका अनुसार उपसभामुखको पत्रबारे उच्च राजनीतिक नेतृत्वले समेत चासो देखाएका छन् । सत्तारुढ दलका एक नेताका अनुसार यो विवाद यत्तिकै नटुंगिन सक्छ, किनकि उपसभामुखको संवैधानिक परिषद्को सदस्य हुने व्यवस्था छ ।

राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले तीन दिन अगाडि आफूकहाँ उजुरी आएको र यसबारे सभामुख तथा संसद्का महासचिवसँग छलफल गरेको बताए । यो उपसभामुखसँँगै रास्वपाका लागि प्रश्न भएको बताए ।

पत्र लेखेको हुँ, गलत नियत छैन

उपसभामुख रानाले भने आफूले अमेरिकी दूतावासलाई पत्र लेखेको स्वीकार गरेकी छन् । उनका अनुसार उपसभामुख भएपछि कोही परियोजना माग्ने आउँथे, कोही सिफारिश । त्यसक्रममा चिनजानका (रास्वपा झापाका नेता) उपेन्द्र गौतम अमेरिकी दूतावासले लिने अन्तर्वार्ताका लागि समय सार्न पत्र लेखिदिन आग्रह गर्दै आए ।

‘मैले सिफारिश गरेको होइन, प्रि डेटका लागि यो कार्यक्रममा जाने हो भनेर पत्र लेखेको हुँ’ उनले अनलाइनखबरसँग भनिन्, ‘म आफैं जाने कार्यक्रम थियो । नेपालीहरू पनि जान पाउँदा केही सिक्लान् भन्ने मात्र सोचें।’

तर डेढ वर्ष पछाडि पत्र सार्वजनिक गरेर अहिले किन प्रश्न उठाइँदैछ भन्ने आफूले नबुझेको उनले बताइन् । उपसभामुखका रुपमा राम्रै काम गरेको छु जस्तो आफूलाई लागेको भन्दे उनले भनिन्, ‘अहिले राजनीतिक संकट छ । संकटकै बेला डेढ वर्ष अघिको विषय किन उठाएको हो, मैले बुझ्न सकेको छैन ।’

काठमाडौं । उच्च शिक्षाको प्रवेशद्वार हो, कक्षा ११ र १२ । यही मोडबाट विद्यार्थीले तय गर्नुपर्ने हुन्छ कि, ‘भविष्यमा के बन्ने ?’

विद्यार्थीका लागि यो यस्तो जग हो, जहाँ टेकेर उनीहरुले करिअर निर्माण गर्नुपर्ने हुन्छ । तसर्थ, कक्षा ११ कहाँ पढ्ने भन्ने कुरा महत्वपूर्ण छ ।

एसईईपछि थुप्रै विद्यार्थी विद्यालय नयाँ शैक्षिक सत्रको तयारीमा छन् । अब के पढ्ने, के बन्ने भन्ने कुरासँगै उनीहरुलाई कहाँ पढ्ने भन्ने कुराले उत्सुक बनाएको हुनसक्छ । किनभने यतिबेला विद्यार्थीले आफ्नो रुचि र लक्ष्य पहिल्याएर सोही अनुसारको शिक्षण संस्था छनोट गर्नुपर्ने हुन्छ । यसको छनोट कसरी गर्ने त ?

त्यसका लागि विद्यार्थीले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । पहिलो, शिक्षण पद्धति । दोस्रो, शिक्षण संस्थाले उपलब्ध गराउने सेवा सुविधा । तेस्रो, त्यहाँको शिक्षक समूह र शैक्षिक पूर्वाधार र स्रोत । चौथो, सो शिक्षण संस्थाको व्यवस्थापन र इतिहास ।

यी सम्पूर्ण कुराको एउटै प्याकेज हो, काठमाडौं मोडल सेकेन्डरी स्कुल (केएमसी) । ललितपुरको बालकुमारीमा अवस्थित यो यस्तो शिक्षण संस्था हो, जसले प्रयोगात्मक विधिबाट जीवनोपयोगी शिक्षा दिंदै आएको छ ।

गौरवशाली विरासत

लामो एवं गरिमामय शैक्षिक इतिहास, दिगो व्यवस्थापन, परिपक्व शिक्षक समूह यसको गुरुत्वबल हो । त्यसँगै शैक्षिक–भौतिक पूर्वाधारले परिपूर्ण केएमसी विद्यार्थीमैत्री वातावरणका लागि पनि कहलिएको छ । विद्यार्थीलाई पढाउने मात्र होइन, उनीहरुको करिअरको लागि सहयात्री बन्ने ध्येयका साथ यो विद्यालयले शैक्षिक परामर्शदेखि मार्गदर्शनसम्म दिंदै आएको छ ।

शैक्षिक उन्नयनमा ठोस योगदान दिने लक्ष्यका साथ समर्पित शिक्षाप्रेमीहरुले केएमसी स्थापना गरेका थिए, सन् २००० मा । युग सुहाउँदो र जीवनोपयोगी शिक्षण पद्धतिको कारण देशभरकै उत्कृष्ट कलेजहरुमा यस संस्था सूचीकृत हुँदै आएको छ । १२ रोपनी क्षेत्रफलमा फैलिएको केएमसी विश्वविद्यालय स्थापना गर्ने लक्ष्यमा अग्रसर छ । त्यही विरासतलाई निरन्तरता दिंदै बागबजारको केएमसीले ललितपुरको बालकुमारीमा आफ्नो शाखा विस्तार गरेको हो ।

जिउने शिक्षा

केएमसी बालकुमारीका प्राचार्य भन्छन्, ‘हामी किताबको कोरा ज्ञान घोकाउने नभई विद्यार्थीलाई जीवन जिउने कला सिकाउन चाहन्छौं । सोही अनुरुप पठन विधिदेखि प्रयोग र अभ्यासहरु गराउँदै आएका छौं ।’

कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र कानुन संकाय पठनपाठन हुँदै आएको छ । यहाँ करिब ११ सय विद्यार्थीले यहाँ पठनपाठन गर्दै आएका छन् । नेपालमै सबैभन्दा पहिला कक्षा ११ मा कानुन संकाय पढाउने विद्यालय पनि हो यो ।

गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजाको कारण केएमसी बालकुमारी विद्यार्थीको रोजाइ पर्दै आएको छ । २०७५ मा यस शिक्षण संस्थाले सरकारबाट उत्कृष्ट स्कुलको अवार्ड पाएको थियो ।

प्रयोगात्मक पठनपाठन

केएमसीको पठन विधि प्रभावकारी छ । यहाँ प्रयोगात्मक वा अभ्यासमा आधारित पठनपाठन हुन्छ । विद्यार्थीले पढेका कुरा सहज रुपमा ग्रहण गर्न सकुन् भनी श्रव्यदृश्यको माध्यम अपनाइन्छ । विद्यार्थीको रुचि र क्षमतालाई मूल्यांकन गर्दै उनीहरुलाई सही परामर्श दिइने गरिन्छ । पढेका कुरामा निरन्तर मूल्यांकनका लागि साप्ताहिक परीक्षाको व्यवस्था गरिएको छ ।

गतिशील र रचनात्मक

विद्यार्थीले किताब छिचोलेर मात्र पुग्दैन । पढाइमा उत्कृष्टता हासिल गरेर मात्र पुग्दैन । उनीहरुले आफ्नो रुचि र सौखलाई पनि उत्तिकै महत्व दिनुपर्छ । पढाइका साथै खेलकुद, कला साहित्य, मनोरन्जन जस्ता विषयलाई अगाडि बढाउनुपर्छ । यसले उनीहरुको शारीरिक र मानसिक विकासमा मात्र फाइदा पुग्दैन, सामाजिक व्यक्तित्व निर्माणमा पनि टेवा पुर्‍याउँछ । नेतृत्व गुण, सामूहिकताको भावना, सक्रियता र रचनात्मक क्षमता पनि बढाउँछ ।

यही ध्येयका साथ स्कुलले विद्यार्थीलाई खेलकुद तथा कला-मनोरञ्जनमा प्राथमिकतासाथ सरिक गराउँदै आएको छ । केएमसी बालकुमारीका निर्देशक डा. दुर्गाजंग केसी भन्छन्, ‘खेलकुद, कला, साहित्य पनि जीवनकै एउटा अभिन्न अंश हुन् । पढाइलाई यसैसँग जोडेर अगाडि बढाउन सकियो भने त्यो बढी प्रभावकारी हुन्छ ।’ उनका अनुसार विद्यार्थीले यहाँ पढाइका साथ आफ्नो प्रतिभालाई पनि निखार्ने अवसर पाउँछन् ।

पुग्दो शैक्षिक स्रोत

विद्यार्थीलाई आवश्यक सम्पूर्ण शैक्षिक स्रोत उपलब्ध छ, विद्यालयमा । पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशाला छ । फराकिला, अत्याधुनिक मल्टिमिडियायुक्त कक्षाकोठा छन् ।

वैकल्पिक ऊर्जाको व्यवस्था, सभाहल, स्वस्थ्यवर्द्धक चमेनागृह, छात्र र छात्राका लागि बेग्लाबेग्लै छात्रावास र यातायात जस्ता सुविधा छ । विद्यालयको आफ्नै खेल मैदान छ । क्रिकेट, फुटसल, पौडी, टेबल टेनिस लगायत खेलकुदको व्यवस्था छ ।

 
केएमसी बालकुमारी : पढाइसँगै जीवन जिउने कला सिकाउँदै

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।