काठमाडौँ । सामाजिक सञ्जालमा लोकप्रिय दुबईका जमजम ब्रदर्सले नेपाली बजारमा व्यवसायिक यात्रा सुरु गरेका छन्। मुहम्मद शकुर र अब्दुल गफुरले शनिबार काठमाडौँको सुनधारास्थित सिभिल मलमा जमजम परफ्युम्स नेपालको उद्घाटन गरेका हुन्।


‘छोटे भाइ’ र ‘बडे भाइ’का रूपमा परिचित उनीहरूले नेपाललाई सम्भावनायुक्त बजारका रूपमा लिँदै ब्रान्ड विस्तार गरेको बताएका छन्। नेपाली उपभोक्ताबाट पाएको माया र समर्थनले आफूहरू उत्साहित भएको उनीहरूको भनाइ छ।

ग्याजेट समीक्षा तथा मनोरञ्जनात्मक सामग्रीमार्फत विश्वभर लोकप्रिय बनेका जमजम ब्रदर्सले सन् २०१३ मा यूएईबाट इलेक्ट्रोनिक्स व्यवसाय सुरु गरेका थिए। पछिल्लो समय विभिन्न बजारमा व्यवसाय विस्तार गर्दै आएका उनीहरूले नेपाललाई दक्षिण एसियाली विस्तारको महत्वपूर्ण गन्तव्यका रूपमा अघि बढाएका छन्।
नेपाल प्रवेशसँगै उनीहरूले दीर्घकालीन लगानी, ब्रान्ड विस्तार र उपभोक्ता अनुभवलाई प्राथमिकता दिने योजना सार्वजनिक गरेका छन्।















