२०८३ भाद्र १४ आईतवार
२०८३ भाद्र १४ आईतवार

ज्ञानकुञ्ज कलेजको ऐतिहासिक सफलता: एसएलसी २०८२ मा शतप्रतिशत नतिजा

काठमाडौं । काठमाडौं महानगरपालिका–१४, रविभवनस्थित ज्ञानकुञ्ज कलेज ले एसएलसी (SLC) २०८२ को नतिजामा ऐतिहासिक सफलता हासिल गर्दै शतप्रतिशत नतिजा ल्याएको छ।

शुक्रबार सार्वजनिक भएको एसएलसी परीक्षाको नतिजाअनुसार कलेजका परीक्षामा सहभागी सबै ९२ जना विद्यार्थी उत्तीर्ण भएका छन्। उत्कृष्ट नतिजासँगै कलेजले आफ्नो शैक्षिक इतिहासमा अर्को महत्वपूर्ण उपलब्धि थपेको छ।

कलेज प्रशासनका अनुसार १५ जना विद्यार्थीले ३.६१ देखि ४.०० सम्म जीपीए प्राप्त गरेका छन्। त्यसैगरी ५२ जना विद्यार्थीले ३.२० देखि ३.६० सम्म, २४ जनाले २.८० देखि ३.२० सम्म जीपीए हासिल गरेका छन् भने १ जना विद्यार्थीले २.५२ जीपीए प्राप्त गरेका छन्।

कलेजले यस सफलताको श्रेय विद्यार्थीहरूको अथक मेहनत, अनुशासन, लगनशीलता र समर्पणलाई दिएको छ। साथै दक्ष शिक्षक, अभिभावकको निरन्तर सहयोग तथा कलेजको गुणस्तरीय शैक्षिक वातावरणले पनि उत्कृष्ट नतिजा प्राप्त गर्न महत्वपूर्ण भूमिका खेलेको जनाएको छ।

कलेज परिवारले यस गौरवपूर्ण उपलब्धिप्रति खुसी व्यक्त गर्दै यो सफलता संस्थाको इतिहासमा नयाँ कोसेढुङ्गा सावित भएको जनाएको छ। साथै एसएलसी उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई तथा आगामी शैक्षिक यात्रा र उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरेको छ।

ज्ञानकुञ्ज कलेजले आगामी दिनमा समेत गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजाको परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।