२०८३ भाद्र १४ आईतवार
२०८३ भाद्र १४ आईतवार

रास्वपाको देशव्यापी जिल्ला अधिवेशन सुरु, ६६ जिल्लामा संगठन विस्तारको लक्ष्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीको संगठनात्मक नीति तथा केन्द्रीय समितिको निर्णयअनुसार तदर्थ समिति गठन भएका जिल्लाहरूमा शनिबार र आइतबार दुई चरणमा अधिवेशन आयोजना गरिएको हो।

पहिलो चरणअन्तर्गत शनिबार ३६ जिल्लामा अधिवेशन सञ्चालन भइसकेको छ भने दोस्रो चरणमा आइतबार २९ जिल्लामा अधिवेशन सम्पन्न हुँदैछ। देशका विभिन्न प्रदेशका जिल्लाहरूमा एकसाथ अधिवेशन सञ्चालन गरेर पार्टीले संगठनलाई थप मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ।

रास्वपाका अनुसार पहिलो राष्ट्रिय महाधिवेशनअघि ७७ जिल्लामध्ये ६६ जिल्लामा अधिवेशन सम्पन्न गर्ने योजना रहेको छ। आन्तरिक विवादका कारण बारा जिल्लाको अधिवेशन भने आगामी जेठ २६ गतेका लागि सारिएको छ।

पार्टीका महामन्त्री कबीन्द्र बुर्लाकोटीले आगामी जेठ २६ गतेदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन प्रक्रिया पनि सुरु हुने जानकारी दिएका छन्। जिल्ला तहदेखि निर्वाचित नेतृत्व चयन गर्दै संगठनलाई संस्थागत र सुदृढ बनाउने अभियानअन्तर्गत अधिवेशन सञ्चालन गरिएको पार्टीले जनाएको छ।

रास्वपाले पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै संगठन विस्तार र नेतृत्व चयन प्रक्रियालाई प्राथमिकतामा राखेको बताएको छ। पार्टी नेतृत्वले जिल्ला तथा प्रदेश अधिवेशनमार्फत संगठनलाई लोकतान्त्रिक र व्यवस्थित ढंगले अघि बढाउने विश्वास व्यक्त गरेको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।