२०८३ भाद्र १४ आईतवार
२०८३ भाद्र १४ आईतवार

सन्दीप लामिछानेले बनाए एकदिवसीय क्रिकेटमा नयाँ विश्व कीर्तिमान

काठमाडाैं । नेपाली क्रिकेट टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ इतिहास रचेका छन्। स्कटल्याण्डविरुद्धको खेलमा दुई विकेट लिएसँगै उनले सबैभन्दा कम खेलमा १५० विकेट पूरा गर्ने विश्व कीर्तिमान कायम गरेका हुन्।

सन्दीपले यो उपलब्धि केवल ७३ एकदिवसीय खेलमा हासिल गरेका छन्। यसअघि सबैभन्दा छिटो १५० विकेट लिने कीर्तिमान अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको नाममा थियो। स्टार्कले ७७ खेलमा उक्त उपलब्धि हासिल गरेका थिए।

त्यसैगरी, पाकिस्तानका सक्लिन मुस्ताकले ७८ खेल, अफगानिस्तानका राशिद खानले ८० खेल तथा न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले ८१ खेलमा १५० विकेट पूरा गरेका थिए।

सन्दीपको नाममा यसअघि नै सबैभन्दा कम खेलमा १०० विकेट लिने कीर्तिमान पनि रहेको छ। उनले ४२ खेलमै १०० विकेट पूरा गरेका थिए। यो सूचीमा राशिद खान दोस्रो स्थानमा छन्, जसले ४४ खेलमा उक्त उपलब्धि हासिल गरेका थिए।

नेपाली क्रिकेटका स्टार खेलाडी सन्दीपको यो उपलब्धिलाई नेपाली क्रिकेट इतिहासकै महत्वपूर्ण क्षणका रूपमा हेरिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।