२०८३ भाद्र १४ आईतवार
२०८३ भाद्र १४ आईतवार

नेताको रेटिङ देखाउने अनलाईन प्लेटफर्म बन्द

काठमाडौं । निर्वाचन आचारसंहिता विपरित रहेको आवाज उठेपछि प्रमुख राजनितिक दलका नेताहरुको अनलाईन रेटिङ देखाउने रेटडट इकान्तिपुर र रेट माई नेता नामक २ वटा प्लेटफर्म बन्द भएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले संचालन गर्दै आएको rate.ekantipur माथि प्रेस काउन्सिल र निर्वाचन आयोगको विशेष ध्यानाकर्षणलाई मध्यनजर गरेर बन्द गरिएको सो वेबसाईटमा उल्लेख गरिएको छ । 

यसैगरी ‘रेट माई नेता’ नामक प्लेटफर्मलाई निर्वाचन आचारसंहिता विपरित रहेको भनेर नेपाल दुरसंचार प्राधिकरणले सम्पूर्ण इन्टरनेट प्रदायक संस्थाहरुलाई ब्लक गर्न निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा रेट माई नेता नामक प्लेटफर्म पनि बन्द भएको छ ।

निर्वाचनको समयमा उम्मेदवार वा नेताहरूको रेटिङ गर्दा मतदाता प्रभावित हुने र निर्वाचन आचारसंहिता उल्लंघन हुने भन्दै नियामक निकायहरूले यस्ता गतिविधिमाथि निगरानी बढाएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।