२०८३ भाद्र १४ आईतवार
२०८३ भाद्र १४ आईतवार

जंगलमा लुकाइराखिएका ११ नाल भरुवा बन्दुक बरामद

दाङ । दाङको बङगलाचुली गाउँपालिका–८ स्थित घोरलभिर (पिपली जंगल) बाट प्रहरीले ११ नाल भरुवा बन्दुक बरामद गरेको छ।

बुधबार बिहान करिब ९ बजे उक्त क्षेत्रमा झाडीभित्र भरुवा बन्दुक लुकाइराखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोजतलास गरेको थियो।

प्रहरीले खोजीका क्रममा झाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) गरी कुल ११ नाल भरुवा बन्दुक फेला पारी बरामद गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।